कुइनेखानी गाउँको चिनारी गीतको तयारी

  • १ माघ २०७६, बुधबार
  • 4472 पटक पढिएको

म्याग्दी १ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका– वडा नम्बर ८ कुईनेखानी गाउँको चिनारी गीतलाई बजारमा ल्याउने तयारी गरिएको छ । कुईनेखानीमा जन्मिएर पोखरामा बसोबास गर्दै आउनुभएकी प्रिति छन्त्याल (नरी)को शब्द र स्वरमा सो गीत रेकर्ड गरिएको छ । गीतमा छन्त्याल समुदायको बाहुल्यता रहेको कुईनेखानी गाउँको कला संस्कृति, परम्परा र पहिचानलाई समेटिएको छ ।

सो गीतको संगीतमा म्याग्दीकै कलाकार विपिन पौडेलको रहेको छ । सो गीतलाई छिट्टै म्युजिक भिडियो मार्फत बजारमा ल्याउने तयारी गरिएको गायिका छन्त्यालले जानकारी दिनुभयो । गायिका छन्त्यालले यस अघि तीन वटा एल्बममा स्वर दिईसक्नुभएको छ ।

लोकदोहोरी दशँै गीत, शिरफुल, यानिमायाँ जस्ता मौलिक गीतहरुमा छन्त्यालले स्वर दिनुभएको छ । गायीका छन्त्यालले हालै तेस्रो मनास्लु राष्ट्रिय अवार्ड २०७६ को अवार्ड समेत प्राप्त गर्नुभएको छ । नयाँ गीतलाई म्युजिक बैँक नेपाल रेकडिङ्ग स्टुडियोमा रेकर्ड गरिएको छ ।