राखुभगवतीले सुरु गरेको शैक्षिक बहसः स्मार्ट स्कुलको अवधारणा ।

  • १५ मंसिर २०७६, आईतवार
  • 3182 पटक पढिएको

सागर भण्डारी ।

गत कार्तिक ३० गते रघुगंगा–२, राखुभगवतीले आयोजना गरेको वडा अध्यक्ष शिक्षा प्रबद्र्धन कार्यक्रमा कक्षा १२ अध्ययनरत भाईले प्रश्न गरे, “किताव मात्र पढाउने भए विद्यालय किन आउनुपर्यो ? ”

(कार्यक्रममा प्रश्नकर्ताले यस्ता गहन मुद्दा उठाउदा उनका शव्दहरुलाई परिचालीत प्रश्नको उपमा थपिदिएको थियो, भिडले । )


झट्ट सुन्दा अव्यवहारीक र असान्र्दभिक लागेपनी यो वाक्यको मर्म हाम्रो जस्तो अल्पविकसीत मुलुकको शिक्षा क्षेत्रको मुल समस्या हो । आजसम्म पनि जिल्लाको स्नातक, स्नाकोत्तर अध्यापनरत क्याम्पसहरु पनी यो अवस्थाबाट माथी उठ्न नसकेको अवस्था छ ।
यहि प्रश्न शिक्षकको आखाँबाट हेर्ने हो भने हामीले आफुलाई अध्यापन गराईएको कुरामा धेरै मेहनेत गरेर अध्यापन गराउछौ, अझै विद्यार्थीहरुले हामीलाई दोष दिन्छन्, आफुहरु अध्ययनमा रुची देखाउदैन्, खोट जती शिक्षकमाथी थोपरे भयो । हामीले चौरमा बसेर पाटीमा पढेका थियौ, तिमीहरुलाई यति धेरै सुविधा छ, अझ गुनासो मात्र गर्छन । आदी आदी कुराहरु मनमा खेल्छ होला ?

उक्त प्रश्न स्थानीय शिक्षक माथी मात्र नभएर समग्र शिक्षा प्रणालीलाई हो । हिजोका दिनमा पाठ्यपुस्तक पाउनै कठिन थियो । किताव र शिक्षक बाहेक औपचारिक शिक्षा दिने कुनै संयन्त्र वा निकाए थिएन ।
आज विद्यार्थीले घरमा बसेर युट्युव र ईन्टरनेको माध्यमबाट संसारका उत्कृठ अध्ययापकले अध्यापन गराएको अध्ययन गर्न सक्छ । १० वा २० बर्ष अघि आफुले अध्ययन गर्दा बनाएको नोटकपी आजका विद्यार्थीलाई पनि त्यही सुगारटाई गर्न लाउनु कतीको जायज होला ? कहिले सम्म यही अवस्था रहिरह्ला ?

कार्यक्रममा रघुगंगा विद्यार्थी मञ्चले कसरी शिक्षामा प्रविधीको प्रयोग गरि स्मार्ट विद्यालय निमार्ण गर्न सकिन्छ भन्ने आफ्नो अवधारणा प्रस्तुत ग¥यो । प्रस्तावमा थियो, अवको नयाँ शैक्षिक सत्र देखी वडाका सबै आधारभुत तहका कक्षा ३ देखी कम्प्युटर कक्षा संचालन गर्ने र प्रयोगात्मक प्रशिक्षणमा जोड दिने । प्रतेक विद्यालयमा ईन्टरनेटको पहुच पुर्याउने । कार्यक्रम दिगोपनका लागी यो आर्थीक बर्षको अन्तिमसम्म वडाका सबै शिक्षकहरुले अनिवार्य कम्प्युटरको सिप सिक्नुपर्ने र अन्त्यमा वडा कार्यलयले सबै शिक्षकको कम्प्युटर सिप परिक्षण गरी प्रमाणपत्रको व्यवस्था गर्नका लागी वडा शिक्षा नियमवाली संशोधन गर्नु पर्ने लगाएतका अवधारणा प्रस्तुत भयो ।

प्रस्तावमा थियो, अवको नयाँ शैक्षिक सत्र देखी वडाका सबै आधारभुत तहका कक्षा ३ देखी कम्प्युटर कक्षा संचालन गर्ने र प्रयोगात्मक प्रशिक्षणमा जोड दिने । प्रतेक विद्यालयमा ईन्टरनेटको पहुच पुर्याउने । कार्यक्रम दिगोपनका लागी यो आर्थीक बर्षको अन्तिमसम्म वडाका सबै शिक्षकहरुले अनिवार्य कम्प्युटरको सिप सिक्नुपर्ने र अन्त्यमा वडा कार्यलयले सबै शिक्षकको कम्प्युटर सिप परिक्षण गरी प्रमाणपत्रको व्यवस्था गर्नका लागी वडा शिक्षा नियमवाली संशोधन गर्नु पर्ने लगाएतका अवधारणा प्रस्तुत भयो ।

कार्यक्रम प्रस्तुत गरिरहदा उपस्थित मानिसहरुको अनुहारमा दुई किसिमको परिवर्तनको भान झल्कन्थ्यो । युवा पुस्ताको शिक्षक र अभिभावकको अनुहारमा सकरात्मक चमक झल्कन्थ्यो । भने पौढ शिक्षकहरुको अनुहार भय मिश्रीत देखिएको थियो । सायद नयाँ प्रविधीसगँ साक्षातकार गर्नुपर्ने भए होला ।

तर शिक्षकले आफ्ना विद्यार्थीलाई फेसबुक चलाउन, सामान्य ईन्टरनेट चलाउन सिकाई माग्दा कलिलो बाल मानोविज्ञानमा शिक्षकप्रति कस्तो धारणा बन्छ होला । यो एक गम्भिर समस्या हो । अव कम्तीमा पनी शिक्षकहरुले सामान्य प्रश्नपत्र बनाउने, मार्कसिट तयार गर्ने, पावरपोईन्टबाट प्रिजेन्टटेसन गर्न सक्ने र सामाई ईन्टरनेट प्रयोग गर्न सक्ने हुनुपर्छ । नत्र कुनै पनि विद्यार्र्थीको भविष्य माथी खेलवाड गर्ने अधिकार कुनै पनी शिक्षकलाई छैन् ।

अहिलेको पुस्ताको विद्यार्थीको अपेक्षा, उनिहरुले पाईरहेको शिक्षा भन्दा धेरै गुणा बढी छ । अवको शिक्षण पद्धती समयानकुल बनाउनुको विकल्प छैन् ।
अव स्थानीय निकाएले सुचना र प्रविधी प्रयोग गरी शिक्षण विधी र पद्धतीलाई नियमण गनुपर्ने आवश्यकता रहेको छ । अवको शिक्षण पद्धती प्रविधीमैत्री बनाउन शैक्षिक मनहरुले आ–आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने समय आएको छ ।

(लेखक रघुगंगा विद्यार्थी मञ्चका संस्थापक सदस्य हुन । )