गायक तथा सर्जक डागीको लोकदोहोरी गित धेरै नतडपाउ बजारमा ( भिडियो सहित)

  • २४ मंसिर २०७३, शुक्रबार
  • 2743 पटक पढिएको

तिलु शर्मा पौडेल
दोहा कतार
नेपाली सांगीतिक आकाशमा नया कलाकारहरुको प्रबेस पछिल्लो समय ह्वात्तै बढेको छ  । नया कलाकारको आगमनलाई सहर्ष स्वीकारिने क्षेत्रको रुपमा परिचित थलो पनि हो यो  । नया कलाकारले चर्चामा आउनकै लागि यो क्षेत्रमा भल्गर भित्राएको आरोप पनि बेला बेलामा लाग्ने गरेको छ  ।


तर निकै नै छोटो समयमा एक दर्जन भन्दा बढी लोक गोहोरी गीतमा आफनो जादुमय शैलिमा शब्द कोरि सक्नु भयका सर्जक तथा गायक मधु सुदन डागिले आफ्नै आवाजमा लोक दोहोरी गित धेरै न तड्पाउ बजारमा ल्यायका छन ।

1 katar

माया प्रेम र बिछोडकै कथामा फरक सैलिमा तयार गरिएको यस गितमा  स्वरमा साथ दियकी छन चर्चित लोक दोहोरी गायीका सम्झना भण्डारीले । नारायन के.सि र बिमराज वलिको शब्दमा रहेको गितलाइ बिबस दर्लामी मगर ले संगीत संयोजन गर्नु भयको छ भने बिक्रम चौहानको निर्देशनमा  बासु बरालले छायांकन गर्नुभयको हो ।

1 katar1

मिलन बि. क ले सम्पादन गर्नु भयको यस गीतमा दिपेस बस्नेत र सारिका केसि को अभिनय देख्न सकिन्छ । उक्त गीतलाई बसन्त फिल्मस प्रालीले बजार ब्यबस्थापन गरेको छ ।