प्रधानमन्त्रीले राजिनामा दिनुपर्छः बामदेव गौतम

  • १७ पुष २०७३, आईतवार
  • 2127 पटक पढिएको

२०७३- गत वैशाख २३ गते एमाले-माओवादीबीच नौ बुँदे सहमति हुनुअघि भद्र सहमति गराउने मध्येमा एक जना नेता थिए एमालेका उपाध्यक्ष बामदेव गौतम । भद्र सहमति अनुसार उनी सरकारको नेतृत्व माओवादीलाई हस्तान्तरण गर्नुपर्छ भन्ने पक्षमा थिए । तर सहमति अनुसार माओवादीलाई हस्तान्तरण नगरेकोमा उनी सन्तुष्ट छैनन् । ओली सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएपछि उनी के भन्छन् ? गौतमसंग गरेको कुराकानी :
माओवादीले समर्थन फिर्ता लिने अवस्था किन आयो ?
दुई दलबीच वैशाखमा सहमति भएको थियो । त्यो सहमति बनाउनेमा म नै सक्रिय थिए । चुनावसम्म मिलेर जाने । चुनावमा सहकार्य गर्ने र शान्ति प्रक्रियाका काम पनि मिलेर पुरा गर्ने भन्ने थियो । त्यस्तै बजेट पारित भएपछि यही समीकरणमा नयाँ प्रधानमन्त्री बनाउने भन्ने भएको थियो । यति कुरा मलाई थाहा छ । अहिले किन समर्थन फिर्ता लियो त्यो विषयमा धेरै चाँही माओवादीले भन्न सक्छ ।

bam

माओवादीले समर्थन फिर्ता लिएपछि वर्तमान सरकार के हुन्छ ?
एउटा दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । या त कांग्रेसले हामीलाई समर्थन गर्नु पर्‍यो । होइन भने राजिनामा दिनुपर्छ ।
तर प्रधानमन्त्रीको तर्फबाट त संसदमा विश्वासको मत लिने कुरा आइरहेको छ नि ?
त्यो बेकारको कुरा हो । अल्पमतमा परिसकेको र नयाँ समर्थन जुट्ने सम्भावना नरहेको अवस्थामा प्रधानमन्त्रीले राजिनामा दिनु उपयुक्त हुन्छ । हाम्रो मात्र मतले सरकार जोगिने हो र ?
अब एमाले प्रतिपक्षमा बस्छ कि फेरि सरकारमा जाने हो ?
हाम्रो मुल उद्देश्य संविधान कार्यान्वयन गर्ने हो । संविधान कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलहरु मिलेर जानुपर्छ भन्ने हाम्रो धारणा हो । सहमतिको माहौल बन्यो भने दलहरु मिलेर जान सक्ने सम्भावना त अझै पनि छ ।
कांग्रेसले दुई मध्ये एक विपक्षीमा बस्नुपर्छ भन्ने धारणा राखिरहेको छ यस्तो अवस्था सहमति बन्ने सम्भावना छ र ?
कांग्रेस नै त्यसो भन्छ भने त सहमतिको सम्भावना रहेन । तर संविधान कार्यान्वयनका लागि दलहरुबीच सरकारमा रहेर वा नरहेर पनि मिलेर जानुपर्ने अवस्था छ ।

कान्तिपुर