गजल

  • २९ चैत्र २०७३, मंगलवार
  • 3050 पटक पढिएको

छैन खै स्थिर, नेताको बोली, रोएर के गर्नु।
च्यात्तिदै गयो, देशको चोली, रोएर के गर्नु।

शोषण गर्न, सिपालु नेता, पालेका छौँ हामी।
श्रमिक मारि, भर्दैछन् झोली, रोएर के गर्नु।

गरिब माथि, शासन कडा, बनाई हाँस्दै छन्।
लुटेर सारा, मनाए होली, रोएर के गर्नु।

बनाए रित्तो, राज्यको थैली, सदन पुग्नेले।
बिरोध गरे, बर्सिन्छ गोली, रोएर के गर्नु।

गाडेर आँखा, लुट्दैछौ किन, निमुखा छानेर।
तैपनि हाँस्छौ, हृदय खोली, रोएर के गर्नु।।

गोविन्द के सी (अभीष्ट)
राखुपिप्ले – ९ मौवाफाट
         म्यादी
  हाल ( बहराइन)