सुरेसको उपचारका लागि उन्चालीस हजार सहयोग प्राप्त

  • १८ भाद्र २०७५, सोमबार
  • 1894 पटक पढिएको


बेनी १८ भदौ । मंगला गाउँपालिका ५ नेटाका मृगौलापिडित सुरेश छन्त्यालको उपचारका लागि सोमबार उन्चालिस हजार छ सय रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । सो संकलित रकम साेमबार ओमकुमारी शान्तिकोषको टिमलाई हस्तान्तरण गरीएकाे छ ।

दुवै मृगौलाले काम गर्न छाडेपछि काठमाडौको टिचीङ अस्पतालमा उपचार गराइरहेका १९ वर्षिय छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान मार्फत सहयोग उठाईरहेको छ।

बचाउ अभियानमा पुर्ण रोका ७ हजार ७७७ रुपैया, भविसरा रोका  तुसारेपानी, भविन्द्र बुढाथोकी अर्मन, शुशिल रोका, बुविमाया राम्जालीले पाचँ/पाच हजार, मनिका तिलिजाकाे पहलमा ४ हजार १५० रुपैयाँ, जंगबहादुर राम्जाली ३ हजार,  अप्लसरा अाचार्यकाे पहलमा रू २ हजार ७५०   सहयाेग रकम संकलन भएको थियो ।