म्याग्दीबाट अख्तियारमा १८ उजुरी

  • १८ भाद्र २०७५, सोमबार
  • धिरन खत्री
  • 3841 पटक पढिएको


म्याग्दी, १८ भदौँ । म्याग्दीबाट अख्तियार दुरपयोग अनुसन्धान केन्द पोखरामा १८ उजुरी परेका छन् । आर्थिक बर्ष २०७४/२०७५ मा गृह, उर्जा संघिय, स्वास्थ्य, शिक्षा, उद्योग र सडक लगायतको विषयमा सो उजरी परेको हो । अख्तियार दुरपयोग अनुसन्धान केन्द्र पाेखराले आईतबार बेनीमा आयोजना गरेको एक कार्यक्रममा सो जानकारी गराएको हो । पोखराका प्रमुख काशिराज दाहालले गृह, उर्जा, र उद्योग १/१ र संघिय, स्वास्थ्य शिक्षामा ४/४ उजुरी परेको जानकारी दिए । त्यस्तै उनले आर्थिक बर्ष २०७३/०७४ र आव ०७४/०७५ मा ४१ उजुरी मध्य ६१ प्रतिशत उजुरी फस्युट गरिएको छ, भने ३९ प्रतिशत उजुरी बाँकी रहेको जानकारी दिए ।


त्यस्तै खानेपानीमा भष्ट्रचार, पुलनिर्माणमा सल्लाहको काठको प्रयोग, नक्कली विल, औषधी वितरणमा अनियमितता, नदीजन्यबस्तुको उत्खन्नमा लापरबाही, विकास निर्माणमा गुणस्तरको अभावमा र भवनमा ढिलासुस्ती लगायतको क्षेत्रमा उजुरी परेको जानकारी दिए ।कार्यालय प्रमुखहरुको उपस्थित रहेको अन्तक्रिर्यामा विकास निर्माणमा पारदर्शी रुपमा उपभोक्ता समिती गठन नभएको बताउदै विकासमा स्थलगत अध्ययन तथा स्थानीयहरुबाट जानकारी लिएर मात्र रकम भुक्तानी दिन सुझाव दिएका थिए । साथै कर्मचारी र शिक्षक उपभोक्ता समितिमा बस्न नदिन विषयगत प्रमुखहरुलाई आग्रह गरेका थिए । संघियता र जनप्रतिनिधिको ईच्छाअनुसार जनताको काम गर्दा कानुनसंगै पारदर्शि, सहनशिलता र धैर्यता र समन्वयकारी भुमिकाबाट जनताले पाउने सेवाप्रवाह प्रभावकारी बनाउन कर्मचारी प्रतिवद्ध हुनुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले कार्यालयभित्र भएको विचौलीया कार्यालयभन्दा बाहिर बढेको बताउदै कार्यालयको आर्थिक कारोबारलाई पारदर्शिताको लागि वेबसाईडमा गतिविधि सार्वजनिक गर्न आग्रह गरेका थिए । विधि र प्रक्रियामा रहेर जनताले पाउने सेवालाई भएको स्रोतसाधन र कर्मचारीले छिटोछरितो गराउन आग्रह गर्दै प्रत्येक कार्यालयमा हेल्पडेस्क आवश्यक रहेको बताए । त्यस्तै सो अन्र्तक्रियामा कानुन उपसचिव पिताम्वर भण्डारी डिएसपि विरबहादुर बुढामगर विषयतगत कार्यालयका प्रमुख र पत्रकारको उपस्थित रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l