आमा छोरी नै सम्पर्क विहिन भएपछि खोजी गरिदिन अपिल

  • १७ भाद्र २०७५, आईतवार
  • 7175 पटक पढिएको

म्याग्दी, १७ भदौ । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम माईत र धादिङ घर भई हाल चितवन बस्दै आएकी ज्योती सुवेदी तिमल्सिना आफ्नो छोरी सहित सम्पर्क विहिन भएकी छिन् । भरतपुर १० हाकिम चोक बस्दै आएकी २६ बर्षिय ज्योती आफ्नो ५ बर्षिय छोरी आर्जना सहित सम्पर्क विहिन भएकी हुन् । ज्योतीका श्रीमान बैदेशीक रोजगारिमा छन् ।

कोठाबाट निस्कीएको दिन साँझ फोनमा आफ्नो परिवारका सदस्यसंग सम्पर्कमा आएको भएपनि त्यसपछि उनको मोवाईल अफ भएको कारण उनीहरुको अबस्था पक्ता लगाउन कठिनाई भएको घरपरिवारको भनाई छ ।

भदौ १२ गते करिब पौने ३ बजे बस्दै आएको घरबाट बाहिर निस्किएका उनीहरु अहिलेसम्म पनि परिवारको सम्पर्कमा नआएपछि खोजी गरिदिनको लागि सबैलाई आह्वान गरिएको उनका आफन्त अमृत पौडेलले जानकारी दिनुभयो ।

उनीहरुलाई भेट्नुहुने र देख्नुहुने महानुभावलाई ९८१७२३७६९१ र ९८५२६७८९०५ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।