सुरेसको उपचारका लागि डेढ लाख बढी सहयोग

  • १७ भाद्र २०७५, आईतवार
  • सन्तोष गौतम
  • 3055 पटक पढिएको

बेनी १७ भदौ । मंगला गाउँपालिका ५ नेटाका मृगौलापिडित सुरेश छन्त्यालको उपचारका लागि आईतबार डेढ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । दुवै मृगौलाले काम गर्न छाडेपछि काठमाडौको टिचीङ अस्पतालमा उपचार गराइरहेका १९ वर्षिय छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान सुरु गरेको थियो ।

कोषले सञ्चालन गरेको सुरेश बचाउ अभियानका लागि आर्यतबार एक लाख साठी हजार रुपैया सहयोग प्राप्त भएको हो । अर्मनको जनजागरण युवा कल्वको पहलमा संकलन भएको एक लाख पचास हजार ३९० रुपैया कल्वका सचिव विपीन फगामी र सदस्य बाल रोकाले कोषका अध्यक्ष राजेश शाक्य, अभियानका संयोजक डक रोका र सुरेशकी आमा सितालाई हस्तान्तरण गरिएको थियो ।

यसैगरी अर्मनको गहतेमा रहेको फ्युचर स्टार युवा कल्वले पनी पाँच हजार रुपैया सहयोग गरेको छ । बेनपा ३ भकिम्ली राखुको ओरेन्ज युवा कल्वको तर्फबाट कल्वका अध्यक्ष भुवन रोकाले पाँच हजार रुपैया हस्तान्तरण गर्नुभएको थियो । यस्तै कोषको डेढ करोडको अक्षयकोष स्थापना अभियानका लागि मंगलाघाट आमा समूहको तर्फबाट अध्यक्ष टकसरा राना र तारा छन्त्यालले दश हजार रुपैया उपलब्ध उपलब्ध गराउनुभएको थियो ।

सन्तोष गौतम