चोचाङ्गी समाज नेपालको भेटघाट तथा सम्मान कार्यक्रम पोखरामा भब्यताका साथ सम्पन्न ।

  • १७ भाद्र २०७५, आईतवार
  • 2645 पटक पढिएको

भाद्र,१७ पोखरा,

चोचाङ्गी समाज नेपालको आयोजनामा पोखराको रामबजार स्थिति भामरकोट पार्टीप्यालेसमा नेपाल का विभिन्न ठाँउमा रहेका चोचाङ्गी परिवारको भेटघाट तथा विभिन्न क्षेत्रमा सफलता प्राप्त तथा अवकाश प्राप्त र ७० बर्ष भन्दा माथिका भाइखलाकहरुलाई सम्मान गर्ने कार्यक्रम भब्य समारोहको साथ सप्पन्न भएको छ।


“हाम्रो देश, हाम्रो पुर्खा, हाम्रो गरिमा, हाम्रो इतिहास, हाम्रो सस्कृति, हाम्रो महिमा” भन्ने मुल नारा, उदेश्य र उत्थानका साथ गठित भएको यस समाजले देशको विभिन्न भु-भागमा छरिएर बसिरहेका आफ्ना परिवार(भाइबन्दुहरुलाइ) गोलवन्ध र एकता गरि अफ्नो पुर्खाको इतिहास खोजिनिती गरि अफ्नो सस्कार सस्कृतिलाइ संरक्षक र सम्बर्द्धन गर्ने आदि उदेश्य लिएर अगाडी बडीरहेको अबस्थामा हिजो सम्पन्न भएको कार्यक्रमले चोचङ्गी भाइखलकमा अझ एक खाले सूचना र उर्जा दिने काम गरेको सल्लाहकार बोम चोचाङ्गीले बताउनु भएको छ।

सो-कार्यक्रममा २०७४ सालको एस.ई.ई  उतिर्ण चोचाङ्गी बिद्यार्थीहरुलाई प्रसंशा पत्रद्वारा सम्मान गरिएको थियोे भने ७० बर्ष पुगेका बृद्धाहरुलाइ दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो तेस्तै विभिन्न क्षेत्र बाट अबकास प्राप्त भाइहरु लाइ समेत सम्मान पत्र द्वारा सम्मान गरिएको थियो l साथै कलाकारहरु निता चोचांगी, देब चोचांगी, झलक चोचाङ्गी, फुलु चोचाङ्गी लगायतका अन्य कलाकारहरुलाइ समेत प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेवी चोचाङ्गी पुन द्वारा प्रसंशा पत्र ले समान गरिएको थियो भने नब-निर्वाचित जनप्रतिनिधिहरु गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेवी चोचाङ्गी पुन, धौलागिरि गाउपालिका प्रमुख थमसरा चोचांगी पुन, वडा सदस्य लोक प्रसाद चोचांगी पुन, केसरमान चोचांगी पुन, बल बहादुर चोचांगी पुन हरु लाइ सम्मान पत्र र दोसल्ला द्वारा सम्मान गरियको थियो

नब गठित चोचांगी समाज पोखरा र चोचांगी समाज काठमाण्डौ को औपचारिकरुप मा घोषणा गरियको थियो l उक्त कार्यक्रम मा  गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेवी चोचाङ्गी पुन , वडा सदस्य केसरमान चोचांगी पुन, बल बहादुर चोचांगी पुन र सल्लाहकार बोम ब. चोचांगी पुन ले मन्तब्य राख्नु भयको थियो l

चोचांगी समाज नेपाल को चेम ब. चोचांगी को अदक्ष्यतामा मा भयको उक्त कार्यक्रम मा औपचारिक कार्यक्रम सचिब धन ब. चोचांगी ले संचलान गर्नु भयको थियो भने स्वागत मनतब्य महाचिब लिल ब. चोचांगी ले राख्नु भयको थियो भने अनौपचारिक सास्कृतिक कार्यक्रम डीके चोचागी पुन ले संचलान गर्नु भयको थियो l हाल सम्म भयका कार्य बिधि र भाबि कार्य योजना प्रस्तुत गर्दै समाज का अध्यक्ष चेम ब. चोचांगी पुन बाट कार्यक्रम समापन गरियको थियो l