हुलाकचोक देखि ईन्द्रेणीटोल जाने गल्लीको बाटोलाई सहज बनाउन माग

  • १७ भाद्र २०७५, आईतवार
  • 1821 पटक पढिएको

बेनी १७ भदौ । बेनी नगरपालिका ७ ईन्द्रेणीटोलका बासिन्दाले हुलाकचोक देखि ईन्द्रेणीटोल जाने बाटोमा पर्ने गल्लीको बाटोलाई सहज बनाउन माग गरेका छन् ।  ईन्द्रेणी टोल सुधार समितिका अध्यक्ष नैनकुमार श्रेष्ठको नेतृत्वमा आईतबार नगरपालिकामा पुगेको स्थानीयबासीको टोलीले नगर प्रमुख हरिकुमार श्रेष्ठ र वडा अध्यक्ष राजेन्द्र श्रेष्ठलाई भेटेर यस्तो माग राखेका हुन् ।

गल्लीको बाटोलाई ढलान गरेर मोटरसाइकल आवत जावत गर्न नसक्ने बनाइएपछि टोलबासीलाई आवत जावत गर्न र ब्यापार ब्यवसाय प्रभावित भएको उनिहरुको गुनासो छ । यसैगरी एकिकृत सम्पत्तिकरको मूल्याङकनलाई बैज्ञानिक बनाउन र ईन्द्रेणीटोलभित्र बस्तीको बिचमा रहेको फर्नीचरलाई स्थानान्तरणको माग समेत गरिएको समितिका हरिप्रसाद पौडेलले बताउनुभयो ।
नगरप्रमुख श्रेष्ठले सम्बन्धित वडाका जनप्रतिनिधिलाई छलफल गरी समस्या समाधानको पहल गर्न जिम्मेवारी दिएको बताउनुभयो । वडा अध्यक्ष श्रेष्ठले साँघुरो गल्लीमा तिब्र गतिमा मोटरसाईकल चलाउँदा दुर्घटनाको जोखिम बढेकाले मोटरसाईकल आवत जावत गर्न नमिल्ने बनाइएको बताउनुभयो ।