स्मल हेभन मन्टेश्वरीको उद्घाटन

  • १७ भाद्र २०७५, आईतवार
  • 1603 पटक पढिएको


म्याग्दी, १७ भदौँ । सदरमुकाम बेनीमा रहेको माउण्ट एभरेष्ट आवासिय विद्यालय अन्तर्गतको स्मल हेभन मन्टेश्वरीको उद्घाटन गरिएको छ । विद्यालयद्धारा सञ्चालित मन्टेश्वरीको आइतवार समाजसेवी गोविन्द्र नरसिङराज भण्डारी र भद्रकुमारी श्रेष्ठले सयुक्त रुपमा उद्घाटन गरेका हुन् । विद्यालयले हुलाकचोक स्थित रेडक्रसको भवनमा बालमैत्री पुर्वाधार निर्माणका लागि पचास लाख लगानी गरि मन्टेश्वरी स्थापना गरेका थिए । सोही कार्यक्रमको अवसरमा विद्यालयको वेवसाइटको विमोचन नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले गरेका हुन् । साथै कृष्ण जन्माष्टमीको विशेष पुजाआजा मन्टेश्वरीमा गरिएको थियो । मन्टेश्वरीमा अहिले ७१ जना बालबच्चाहरु अध्ययनरत रहेका छन् ।


विद्यालय सञ्चालक समितिका अध्यक्ष चन््द्रकुमार केसीको अध्यक्षता माउण्टका भाईस प्रिन्सिपल अमृत सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा मन्टेश्वरीकी इन्चार्ज सुनिता केसीले स्वागत गरेकी थिईन । कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, नेपाल रेडक्रसका पूर्व सभापति हरिकृष्ण श्रेष्ठ, धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, नगरपालिका वडा अध्यक्ष एवम् सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रममा संचालक समितिका पदाधिकारीहरु, अभिभावकको उपस्थिति रहेको थियो ।