गिद्ध सम्बन्धि चित्रकला प्रतियोगिता

  • १७ भाद्र २०७५, आईतवार
  • 1853 पटक पढिएको

बेनी १७ भदौ । जलजला गाउँपालिका ५ स्थित प्राकृतिक सम्पदा संरक्षण संस्थाको आयोजनामा अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवसको अवसरमा शनिबार चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । लेकफाँटमा रहेका विद्यालयहरुको प्रावि स्तरीय प्रतियोगितामा पञ्चपुल आधारभुत विद्यालयकी सुमित रेग्मी प्रथम, गिद्धेश्वर आधारभुत विद्यालयका विपीन गर्बुजा दितृय, शिवालय आधारभुत विद्यालयकी अञ्जना पौडेल तितृय र पञ्चमुल आधारभुत विद्यालयकी सोनिया परियार सान्तवना भएका थिए ।


प्रकृतिको कुचिकार गिद्धको संरक्षण सम्बन्धि सन्देश प्रवाह गराउने उद्देश्यले चित्रकला प्रतियोगिता आयोजना गरिएको त्यहाँबाट पुर्ख पुर्जा पुनले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष जगबहादुर पुनको अध्यक्षता र राजकुमारी पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सेप्टेम्बर १ तारीकका दिन गिद्ध संरक्षण सचेतना दिवस मनाउने गरिन्छ ।