गीतकार नृपेशको नयाँ भिडियो सार्वजनिक

  • ९ चैत्र २०७३, बुधबार
  • 2595 पटक पढिएको

गीतकार एवं पत्रकार नृपेश उपे्रतीको शब्द रहेको गीत ‘सुरु भाको छ…’को म्युजिक भिडियो बेलायतवाट सार्वजनिक गरिएको छ

पुरुसोत्तम सुवेदीको स्वर र संगीत रहेको उक्त भिडियो पत्रकार महासंघ युकेको साधारणसभाको अवसरमा बिबिसी विश्व सेवाका नवीन सिंह खड्काले विमोचन गरेका थिए ।

दिपेन्द्र केसीको निर्देशन रहेको उक्त भिडियोमा नीता ढुंगाना, सोहम र सागरको फिचरिङ रहेको छ । गीत लेखनमा सक्रिय उप्रेतीको यसअघि मेरो ठुम्कामा, आफ्नै जीन्दगी आफैलाई…लगायत दर्जनौ गीत सार्वजनिक भइसकेको छ । नयाँ गीतको भिडियोबाट सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको उप्रेतीले बताए ।

भिडियो हेर्नुहोस्