वर्ग संघर्षको नविन आयाम
- ३० चैत्र २०७६, आईतवार
- 2585 पटक पढिएको
चन्द्रमान छन्त्याल
म्याग्दी ३० चैत । कम्युनिष्टहरु वर्गभेदको पहिचानलाई आफ्नाे मुख्य राजनीतिक चेतको रुपमा लिन्छन् । यसैले वर्ग पक्षधरता र वर्ग विरोधीको रेखाड्ढन गर्दछ । यहि वर्ग चेतको कारण विश्वमा छेडिएको कम्युिनष्ट आन्दोलनहरुको आ–आफ्नै अनुभवका सिकाईहरु छन् । कुनैपनि देशमा भएको राजनीतिक लडाईका सफल अनुभवहरु कुनैपनि अर्को देशमा हुबहु लागु भएको पाईदैन । न त हरेक लडाईका तवर तरिका र शैलिहरु नै ठ्याक्कै मिल्छन् । त्यहि नमिल्ने भएरै चिनियां कम्युनिष्ट पार्टीको महान नेता माओत्सेतुङ्ले ‘जुत्ता अनुसारको खुत्ता होईन कि खुत्ता अनुसारको जुत्ता हुनुपर्छ’ भनेका होलान् । यस्को तात्पर्य के हो भने हरेक मुलुक र त्यहांका नागरिकहरुले आफ्नाे समाजको सामाजिक अवस्था र वस्तुस्थिति अनुसार नै क्रान्तिको स्वरुप तय गर्दछन् । जो आफ्नाे ल्याकतमा सञ्चालित र नियन्त्रित होस् ।
नेपालमा पनि कम्युनिष्ट आन्दोलनले नितान्त मौलिक प्रकारको राजनैतिक रणनीति अख्तियार गरेको छ । त्यो वि.सं. २००४ सालमा कम्युनिष्ट आन्दोलनले साड्डठनिक स्वरुप धारण गरे देखि वि.स. २०४९ माघको १४–२० मा भएको तत्ककालिन एमालेको पांचौं राष्ट्रिय महाधिवेशन सम्म आईपुग्दाको परिणाम हो । ‘जडसुत्रवाद र विर्सजनवादको विरोध गरौं, माक्र्सवादको सिर्जनात्मक प्रयोग गरौं’ भन्ने मुल मर्म र उद्घोष सहितको यस महाधिवेशनले विश्वको कुनैपनि कम्युनिष्ट पार्टी र सत्ताले नस्विकारेको बहुदलिय व्यवस्थालाई पुर्ण आत्मासाथ ग¥यो । आफ्नाे प्रधान दुश्मनसंग पनि अंगालो होलेरै प्रतिस्पर्धा गरिने यस व्यवस्थाले वुलेटको खारेजी र व्यालेटको अख्तियारी ग¥यो । यस्लाई विश्व कम्युनिष्ट आन्दोलन भन्दा नितान्तै भिन्न र माओले भन्नुभएको जस्तो खुत्ता अुनुसारको जुत्ताको रुपमा लिईन्छ । जो चिन, रुस, उत्तर कोरिया लगायतको सत्तासिन कम्युनिष्ट पार्टीहरुको भन्दा उल्टो निश्कर्ष हो । यो कम्युनिष्टहरु विरुद्ध फिजाईएको जडसुत्रवादी अफवाहको प्रतिवाद पनि थियो ।
आफ्नाे प्रधान दुश्मनलाई भौतिक कार्वाही गरेर सिध्याईदिने (मार्ने) निति नै एकमात्र कम्युनिष्ट निति हो भन्ने परिरहेको बेला नेपालमा तत्कालिन नेकपा, एमालेको सो निचोड हास्यास्पद जस्तै थियो । त्यसैले, नेपालमा रहेका केही गैर कम्युनिष्ट र आफुलाई मात्र खास कम्युनिष्ट ठान्ने पार्टी र व्यक्तिहरुले एमालेलाई कम्युनिष्ट पार्टीको रुपमै स्विकारेन । त्यतिमात्रै होइन एमाले नवसामन्ति र कम्युनिष्टको मुखुन्डोधारी दलाल पुंजीवादीहरुको पार्टी हो भनेर जर्बजस्त कलकंको समेत टीका लगाईयो । तथापी, आफ्ना वर्ग दुश्मनको सफायाको ईतिहास नभएको भने होइन । पुर्व एमालेको वि.सं. २०२८ सालमा भएको झापा संघर्ष र पुर्व माओवादीको वि.सं. २०५२–६२ सम्म भएको जनयुद्ध त्यसैको कडीहरु हुन् । यि दुई संघर्षहरुले वैचारिक मत भिन्नता कै कारण व्यक्तिको हत्या गरिनु जायज होइन भन्ने संश्लेषण ग¥यो । अथवा सारमा हत्या र हिंसाको राजनैतिक मार्ग वैधानिक रुपमै त्याग्यो । पुर्व एमालेले वि.सं. २०४९ मा सम्पन्न गरेको आफ्नाे पांचौं रा.म.बाट र पुर्व माओवादीले २०६३ मंसीर ५ गते भएकाे विस्तृत शान्ति सम्झाैता बाट त्याग्यो ।
त्यागको मुख्य उद्देश्य नेपाल राष्ट्र र नेपालीहरुको सामाजिक वस्तुस्थितिको आधारमा बहुदलिय प्रतिस्पर्धा सहितको राजनैतिक व्यवस्था थियो । जो पुर्व एमालेले वि.स. २०४९ देखी अनुसरण गदैै आएको तत्कालिन पार्टी महासचिव क.मदन भण्डारीद्धारा प्रतिपादीत जनताको बहुदलिय जनवाद हो । यी दुई पार्टीहरुको एकता पश्चात नामाकरणमा तलमाथि हुनसक्छ । यद्यपी, चरित्रगत रुपमा भने ठुलो असामाञ्जस्यता हुने जस्तो देखिदैन । जनताको बहुदलिय जनवादले चिन, रुस, उत्तर कोरिया लगायतको सत्तासिन कम्युनिष्ट पार्टीहरु जस्तै गरि वर्ग दुश्मनको वुलेट (हतियार) मार्फत सफायाको हिंसापुर्ण मार्ग त त्याग्यो तर व्यालेट (विचार/मत) मार्फत वर्ग दुश्मनहरु भित्र जिवित चरित्र वा विचारलाई सिध्याईदिने विधि भने त्यागेको छैन । वर्ग दुश्मनलाई प्रतिस्पर्धि मित्रको रुपमा स्विकारेर सहकार्य गर्दर्छौं । आप्mनो योग्यता, क्षमता र सत्कर्म मार्फत ति व्यक्तिहरुको दिग्भ्रमित सोंच र सोद्धारा परिचालित अमानविय र जर्बजस्त वर्ग र विभेद सृजना गराउने कुनैपनि कुकर्मको प्रतिवाद गर्दछौं र रुपान्तरण गर्दर्छौं ।
यो जनताको मन जितेर मत जित्ने निर्देश हो । ठुलो मन र चाक्लो छातिले गरिने यस कर्मलेपनि व्यक्तिको वैयक्तिक आग्रह र पुर्वाग्रह बदल्न सकिन्छ । व्यक्तिको नाम र सिद्धान्तको आवरणमा भएको तथाकथित सबैसबै लडाई साम्य हुन्छन् । विना हिंसा र लडाई पनि हामीले चाहेको समानता प्राप्ति हुन्छ भने रहराएर गरिने लडाईको कुनै औचित्य छैन । यो प्रतिस्पर्धी मित्रलाई समेत प्रभावित बनाउने र हाम्रै आन्दोलनमा समाहित गराउने ऐतिहासिक जिम्मेवारी हो । यो हामी ठिक छौं भने किन सिमित हुने भनेर उठाईएको असिमितता र सर्वव्यापकताको समर्थन हो भने स्वयंप्रतिको विश्वास हो । यो कम्युनिष्टहरु पनि मत जितेर सत्तासिन हुन सक्नछ् भन्ने नितान्तै नविन मार्ग पनि हो ।
कालान्तरमा आत्मानुशासनको माध्यम मार्पmत स्वनियन्त्रण सहितको पुर्णसमानता र साम्यवादको सुदुर लक्ष्य निरन्तर पछ्याईरहन्छौं । यो क्रान्तिको तरिकामात्र मात्रै फरक हो । गण्तव्य चै किञ्चित फरक छैन । समाज व्यवस्था र राजनीतिक सिद्धान्तहरुको ऐतिहासिक विकासक्रमलाई माक्र्सवादी ढड्डले बुझ्नेले मात्र यो गाम्भिर्यतालाई बुझ्ने र ग्रहण गर्ने सामाथ्र्य राख्दछन् । नत्र आफुले मात्रै बुझेको अन्तसन्त वा कोरा बुझाई र घोकेर कण्ठ पारेको निति वा सिद्धान्त मात्र ठिक र बांकि सबै वेठिक भन्ने हो भने त्यो त केवल कालिदासको ‘क’ जस्तै हुन्छ । व्यवहार र वस्तुस्थितिलाई नजरअन्दाज गरि घोकिने र भनिने सुत्रहरु जडसुत्रवादी मात्रै होइन मानव जीवनमा बेमेलपुर्ण र निर्जिव पनि छ । अतः क. मनद भण्डारीले ‘सिद्धान्त केवल सिद्धान्तको लागि नभएर जीवनको लागि हुनपर्छ’ भन्नुभएको हो । बरु क्रान्तिको यो महाअभियानमा होमिएका नेता र कार्यकर्ताहरु ईमान्दार पुर्वक युद्ध मैदानमा खटिएको लडाकु सेना जत्तिकै अविचलित होमिनपर्छ । यस सन्दर्भमा नेता र कार्यकर्ताको रुपमा थुप्रै पात्रहरु धोकेवाज निस्कनसक्छन् । आफ्नाे वर्ग र क्रान्तिलाई डगमगाउन सक्छन् । यस क्षणमा जस्तोसुकै आपतविपद आईलागे पनि हामी नेपाल र नेपालीको यो खास मुक्तीकामी यात्राबाट रत्तिभर दांयांबांयां हुनु हुंदैन ।
यस व्यवस्था अनुसार आ–आफ्नाे उद्देश्य र कर्मको आधारमा विविध दलहरु निमार्ण हुन्छन् । सोनुसार सबै दलहरु आफुलाई श्रेष्ठ सावित गर्न आप्mना दैनिक कर्म र चुनावी माध्यबाट संघर्षपुर्ण प्रतिस्पर्धाहरु गर्दछन् । सोनुसार सत्ता र शक्तिका लागि प्रत्येक राजनैतिक पार्टीहरु आफुलाई आवधिक निर्वाचन मार्पmत अद्याविक गर्दछन् । पुर्ण निशस्त्रीकरण र हार्दिकता सहितको यस्तोखाले प्रतिस्पर्धा लोकतन्त्रको चरम उत्कर्ष हो भन्दा पनि अत्युक्ती हुंदैन । आत्मैदेखीको यो रुपान्तरण आचरण र व्यवहारहरु मार्पmत प्रतिबिम्वत हुन्छ । तर यसरी आफ्नै वर्ग विरोधिहरु संग उठबस र लसपस गर्दा कतै हामीनै बद्लिने त होईन ? यो शंकास्पद त्रासलाई भने नजरअन्दाज गर्न सकिदैन । खैर पुर्ण क्रान्तिकारी चेतले ओतप्रोत गण्तव्यनिष्ठ मान्छेमा त्यो छेपारे पारा हुदैन भन्ने विश्वास हुन्छ । यो आवश्यकतालाई हामीले वाध्यतापुर्ण तरिकाले नभई खुबै सु–रुचिपुर्ण तरिकाले अंगाल्नसक्नपर्छ । हिलैहिलोको बिचमा फुल्ने कमल फुललाई तिप्दाखेरी हिलो अवश्य लाग्छ तर धोएर जान्छ र त्यो धुनुपर्छ भन्ने विश्वास गर्नेहरु जबजको खास कार्यकर्ताहरु हुन् ।
विशाल सागरमा हाम फालेर जिवितै पार गर्नु सहज त छैन । जसरी सक्षम पन्दुब्बीहरुले कहालीलाग्दो सागरमा सफलतापुर्वक आफ्नाे यात्रा तय गर्छन र गण्तव्यमा पुग्छन्, त्यसरी नै हामीहरु पनि हाम्रो घोषित गण्तव्यमा सफलतापुर्वक नै अवतरित हुनु छ । सम्पुर्ण दलहरु बिच आफुलाई श्रेष्ठताको आधारमा अब्बल प्रतिस्पर्धी बनाउनु छ । यो अख्तियारीको व्यावहारिकतामा भने अवश्य चुनौतिपु छ । तथापी, असम्भव भने किमार्थ होईन । यो कठिनाईलाई आत्मासाथ गर्नू नै बहुदलिय व्यवस्थालाई अंगिकार गरेका सम्पुर्ण कम्युनिष्टहरुो अहलेको मुख्य कार्यभार हो । यो नै नेपालले अनुसरण गरेको वर्ग संघर्षको नयां आयाम हो ।
हालका हाम्रा वरपरका गतिविधी हेर्दा कम्युनिस्टहरुले पनि स्वरोजगार तथा व्यापार गर्नु पर्दछ,गर्न पाउनु पर्दछ भन्ने आशय अनुसरण गर्दा वास्तविक तथ आदर्शको भेद अनि वर्गिय भेद क्रान्तिका दौरानमा बिसर्जन गरेको पाईन्छ ।धन्यवाद चन्द्र जि वर्गिय राजनितीको धारको आवश्यकता र लोककल्याणकारी राज्यव्यवस्था लागू गर्न तिर उद्धत हुनु पर्दछ।