वर्ग संघर्षको नविन आयाम

  • ३० चैत्र २०७६, आईतवार
  • 2363 पटक पढिएको

चन्द्रमान छन्त्याल
म्याग्दी ३० चैत ।  कम्युनिष्टहरु वर्गभेदको पहिचानलाई  आफ्नाे मुख्य राजनीतिक चेतको रुपमा लिन्छन् । यसैले वर्ग पक्षधरता र वर्ग विरोधीको रेखाड्ढन गर्दछ । यहि वर्ग चेतको कारण विश्वमा छेडिएको कम्युिनष्ट आन्दोलनहरुको आ–आफ्नै अनुभवका सिकाईहरु छन् । कुनैपनि देशमा भएको राजनीतिक लडाईका सफल अनुभवहरु कुनैपनि अर्को देशमा हुबहु लागु भएको पाईदैन । न त हरेक लडाईका तवर तरिका र शैलिहरु नै ठ्याक्कै मिल्छन् । त्यहि नमिल्ने भएरै चिनियां कम्युनिष्ट पार्टीको महान नेता माओत्सेतुङ्ले ‘जुत्ता अनुसारको खुत्ता होईन कि खुत्ता अनुसारको जुत्ता हुनुपर्छ’ भनेका होलान् । यस्को तात्पर्य के हो भने हरेक मुलुक र त्यहांका नागरिकहरुले आफ्नाे  समाजको सामाजिक अवस्था र वस्तुस्थिति अनुसार नै क्रान्तिको स्वरुप तय गर्दछन् । जो आफ्नाे ल्याकतमा सञ्चालित र नियन्त्रित होस् ।

नेपालमा पनि कम्युनिष्ट आन्दोलनले नितान्त मौलिक प्रकारको राजनैतिक रणनीति अख्तियार गरेको छ । त्यो वि.सं. २००४ सालमा कम्युनिष्ट आन्दोलनले साड्डठनिक स्वरुप धारण गरे देखि वि.स. २०४९ माघको १४–२० मा भएको तत्ककालिन एमालेको पांचौं राष्ट्रिय महाधिवेशन सम्म आईपुग्दाको परिणाम हो । ‘जडसुत्रवाद र विर्सजनवादको विरोध गरौं, माक्र्सवादको सिर्जनात्मक प्रयोग गरौं’ भन्ने मुल मर्म र उद्घोष सहितको यस महाधिवेशनले विश्वको कुनैपनि कम्युनिष्ट पार्टी र सत्ताले नस्विकारेको बहुदलिय व्यवस्थालाई पुर्ण आत्मासाथ ग¥यो । आफ्नाे प्रधान दुश्मनसंग पनि अंगालो होलेरै प्रतिस्पर्धा गरिने यस व्यवस्थाले वुलेटको खारेजी र व्यालेटको अख्तियारी ग¥यो । यस्लाई विश्व कम्युनिष्ट आन्दोलन भन्दा नितान्तै भिन्न र माओले भन्नुभएको जस्तो खुत्ता अुनुसारको जुत्ताको रुपमा लिईन्छ । जो चिन, रुस, उत्तर कोरिया लगायतको सत्तासिन कम्युनिष्ट पार्टीहरुको भन्दा उल्टो निश्कर्ष हो । यो कम्युनिष्टहरु विरुद्ध फिजाईएको जडसुत्रवादी अफवाहको प्रतिवाद पनि थियो ।

आफ्नाे प्रधान दुश्मनलाई भौतिक कार्वाही गरेर सिध्याईदिने (मार्ने) निति नै एकमात्र कम्युनिष्ट निति हो भन्ने परिरहेको बेला नेपालमा तत्कालिन नेकपा, एमालेको सो निचोड हास्यास्पद जस्तै थियो । त्यसैले, नेपालमा रहेका केही गैर कम्युनिष्ट र आफुलाई मात्र खास कम्युनिष्ट ठान्ने पार्टी र व्यक्तिहरुले एमालेलाई कम्युनिष्ट पार्टीको रुपमै स्विकारेन । त्यतिमात्रै होइन एमाले नवसामन्ति र कम्युनिष्टको मुखुन्डोधारी दलाल पुंजीवादीहरुको पार्टी हो भनेर जर्बजस्त कलकंको समेत टीका लगाईयो । तथापी, आफ्ना वर्ग दुश्मनको सफायाको ईतिहास नभएको भने होइन । पुर्व एमालेको वि.सं. २०२८ सालमा भएको झापा संघर्ष र पुर्व माओवादीको वि.सं. २०५२–६२ सम्म भएको जनयुद्ध त्यसैको कडीहरु हुन् । यि दुई संघर्षहरुले वैचारिक मत भिन्नता कै कारण व्यक्तिको हत्या गरिनु जायज होइन भन्ने संश्लेषण ग¥यो । अथवा सारमा हत्या र हिंसाको राजनैतिक मार्ग वैधानिक रुपमै त्याग्यो । पुर्व एमालेले वि.सं. २०४९ मा सम्पन्न गरेको आफ्नाे पांचौं रा.म.बाट र पुर्व माओवादीले  २०६३ मंसीर ५ गते भएकाे विस्तृत शान्ति सम्झाैता बाट त्याग्यो ।

त्यागको मुख्य उद्देश्य नेपाल राष्ट्र र नेपालीहरुको सामाजिक वस्तुस्थितिको आधारमा बहुदलिय प्रतिस्पर्धा सहितको राजनैतिक व्यवस्था थियो । जो पुर्व एमालेले वि.स. २०४९ देखी अनुसरण गदैै आएको तत्कालिन पार्टी महासचिव क.मदन भण्डारीद्धारा प्रतिपादीत जनताको बहुदलिय जनवाद हो । यी दुई पार्टीहरुको एकता पश्चात नामाकरणमा तलमाथि हुनसक्छ । यद्यपी, चरित्रगत रुपमा भने ठुलो असामाञ्जस्यता हुने जस्तो देखिदैन । जनताको बहुदलिय जनवादले चिन, रुस, उत्तर कोरिया लगायतको सत्तासिन कम्युनिष्ट पार्टीहरु जस्तै गरि वर्ग दुश्मनको वुलेट (हतियार) मार्फत सफायाको हिंसापुर्ण मार्ग त त्याग्यो तर व्यालेट (विचार/मत) मार्फत वर्ग दुश्मनहरु भित्र जिवित चरित्र वा विचारलाई सिध्याईदिने विधि भने त्यागेको छैन । वर्ग दुश्मनलाई प्रतिस्पर्धि मित्रको रुपमा स्विकारेर सहकार्य गर्दर्छौं । आप्mनो योग्यता, क्षमता र सत्कर्म मार्फत ति व्यक्तिहरुको दिग्भ्रमित सोंच र सोद्धारा परिचालित अमानविय र जर्बजस्त वर्ग र विभेद सृजना गराउने कुनैपनि कुकर्मको प्रतिवाद गर्दछौं र रुपान्तरण गर्दर्छौं ।

यो जनताको मन जितेर मत जित्ने निर्देश हो । ठुलो मन र चाक्लो छातिले गरिने यस कर्मलेपनि व्यक्तिको वैयक्तिक आग्रह र पुर्वाग्रह बदल्न सकिन्छ । व्यक्तिको नाम र सिद्धान्तको आवरणमा भएको तथाकथित सबैसबै लडाई साम्य हुन्छन् । विना हिंसा र लडाई पनि हामीले चाहेको समानता प्राप्ति हुन्छ भने रहराएर गरिने लडाईको कुनै औचित्य छैन । यो प्रतिस्पर्धी मित्रलाई समेत प्रभावित बनाउने र हाम्रै आन्दोलनमा समाहित गराउने ऐतिहासिक जिम्मेवारी हो । यो हामी ठिक छौं भने किन सिमित हुने भनेर उठाईएको असिमितता र सर्वव्यापकताको समर्थन हो भने स्वयंप्रतिको विश्वास हो । यो कम्युनिष्टहरु पनि मत जितेर सत्तासिन हुन सक्नछ् भन्ने नितान्तै नविन मार्ग पनि हो ।

कालान्तरमा आत्मानुशासनको माध्यम मार्पmत स्वनियन्त्रण सहितको पुर्णसमानता र साम्यवादको सुदुर लक्ष्य निरन्तर पछ्याईरहन्छौं । यो क्रान्तिको तरिकामात्र मात्रै फरक हो । गण्तव्य चै किञ्चित फरक छैन । समाज व्यवस्था र राजनीतिक सिद्धान्तहरुको ऐतिहासिक विकासक्रमलाई माक्र्सवादी ढड्डले बुझ्नेले मात्र यो गाम्भिर्यतालाई बुझ्ने र ग्रहण गर्ने सामाथ्र्य राख्दछन् । नत्र आफुले मात्रै बुझेको अन्तसन्त वा कोरा बुझाई र घोकेर कण्ठ पारेको निति वा सिद्धान्त मात्र ठिक र बांकि सबै वेठिक भन्ने हो भने त्यो त केवल कालिदासको ‘क’ जस्तै हुन्छ । व्यवहार र वस्तुस्थितिलाई नजरअन्दाज गरि घोकिने र भनिने सुत्रहरु जडसुत्रवादी मात्रै होइन मानव जीवनमा बेमेलपुर्ण र निर्जिव पनि छ । अतः क. मनद भण्डारीले ‘सिद्धान्त केवल सिद्धान्तको लागि नभएर जीवनको लागि हुनपर्छ’ भन्नुभएको हो । बरु क्रान्तिको यो महाअभियानमा होमिएका नेता र कार्यकर्ताहरु ईमान्दार पुर्वक युद्ध मैदानमा खटिएको लडाकु सेना जत्तिकै अविचलित होमिनपर्छ । यस सन्दर्भमा नेता र कार्यकर्ताको रुपमा थुप्रै पात्रहरु धोकेवाज निस्कनसक्छन् । आफ्नाे वर्ग र क्रान्तिलाई डगमगाउन सक्छन् । यस क्षणमा जस्तोसुकै आपतविपद आईलागे पनि हामी नेपाल र नेपालीको यो खास मुक्तीकामी यात्राबाट रत्तिभर दांयांबांयां हुनु हुंदैन ।

यस व्यवस्था अनुसार आ–आफ्नाे उद्देश्य र कर्मको आधारमा विविध दलहरु निमार्ण हुन्छन् । सोनुसार सबै दलहरु आफुलाई श्रेष्ठ सावित गर्न आप्mना दैनिक कर्म र चुनावी माध्यबाट संघर्षपुर्ण प्रतिस्पर्धाहरु गर्दछन् । सोनुसार सत्ता र शक्तिका लागि प्रत्येक राजनैतिक पार्टीहरु आफुलाई आवधिक निर्वाचन मार्पmत अद्याविक गर्दछन् । पुर्ण निशस्त्रीकरण र हार्दिकता सहितको यस्तोखाले प्रतिस्पर्धा लोकतन्त्रको चरम उत्कर्ष हो भन्दा पनि अत्युक्ती हुंदैन । आत्मैदेखीको यो रुपान्तरण आचरण र व्यवहारहरु मार्पmत प्रतिबिम्वत हुन्छ । तर यसरी आफ्नै वर्ग विरोधिहरु संग उठबस र लसपस गर्दा कतै हामीनै बद्लिने त होईन ? यो शंकास्पद त्रासलाई भने नजरअन्दाज गर्न सकिदैन । खैर पुर्ण क्रान्तिकारी चेतले ओतप्रोत गण्तव्यनिष्ठ मान्छेमा त्यो छेपारे पारा हुदैन भन्ने विश्वास हुन्छ । यो आवश्यकतालाई हामीले वाध्यतापुर्ण तरिकाले नभई खुबै सु–रुचिपुर्ण तरिकाले अंगाल्नसक्नपर्छ । हिलैहिलोको बिचमा फुल्ने कमल फुललाई तिप्दाखेरी हिलो अवश्य लाग्छ तर धोएर जान्छ र त्यो धुनुपर्छ भन्ने विश्वास गर्नेहरु जबजको खास कार्यकर्ताहरु हुन् ।

विशाल सागरमा हाम फालेर जिवितै पार गर्नु सहज त छैन । जसरी सक्षम पन्दुब्बीहरुले कहालीलाग्दो सागरमा सफलतापुर्वक आफ्नाे यात्रा तय गर्छन र गण्तव्यमा पुग्छन्, त्यसरी नै हामीहरु पनि हाम्रो घोषित गण्तव्यमा सफलतापुर्वक नै अवतरित हुनु छ । सम्पुर्ण दलहरु बिच आफुलाई श्रेष्ठताको आधारमा अब्बल प्रतिस्पर्धी बनाउनु छ । यो अख्तियारीको व्यावहारिकतामा भने अवश्य चुनौतिपु छ । तथापी, असम्भव भने किमार्थ होईन । यो कठिनाईलाई आत्मासाथ गर्नू नै बहुदलिय व्यवस्थालाई अंगिकार गरेका सम्पुर्ण कम्युनिष्टहरुो अहलेको मुख्य कार्यभार हो । यो नै नेपालले अनुसरण गरेको वर्ग संघर्षको नयां आयाम हो ।