पहिचानमा सिमित धौलागिरि आईसफल पदमार्ग
- ९ चैत्र २०७६, आईतवार
- 1521 पटक पढिएको
धिरन खत्री
म्याग्दी, ९ चैत । पर्यटनसंगै रोजगारीको सम्भावना बोकेको धौलागिरि आईसफल पदमार्ग पहिचानमा सिमित भएको छ । धौलागिरी, चुरेन र गुर्जा जस्ता दर्जनौ हिमालको लोभलाग्दो दृष्यावलोकन गर्न सकिने पदमार्गमा समयमा आवश्यक पुर्वाधार नबन्दा पहिचानमा सिमित भएको हो ।
नेपालको १ सय गन्तव्यभित्र समेटिएको धौलागिरि आईसफल पदमार्गमा आवश्यक पुर्वाधार छिटोछरितो रुपमा नबन्दा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेका छैनन् । म्याग्दीका गलेश्वर गायत्री मन्दिर, रानीपौवा,जोत्रेपिपल, राखु भगवतीकोत मन्दिर, धूवीचौर, रुईसे, ताराखसे भ्युटावर, भेडीओढार, भुजुल गेडी, मुटुकाटे, भैरव खर्क, पछेत, कालीबराह, ठुलोखोला, सुत्रेखोला, आइसफल फेदी धौलागिरि हिमालसम्म रहेको यस क्षेत्रमा प्राप्त मात्रामा पुर्वाधार विकास नभएको रघुगंगगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो। यस क्षेत्रको पुर्वाधार विकास गाउँपालिका, प्रदेश र संघले बजेट विनियोजन गरेपनि सो प्राप्त मात्रामा पुर्वाधार निर्माणमा रहेको छैन् । गायत्री मन्दिरमा २५लाख, छहरीमा पुर्वाधार निर्माणमा २५ लाख र गाउँपालिकाबाट १५ लाख बजेट विनियोजन गरेर पदर्माग लगायतको पुर्वाधार निर्माणमा यसबर्ष खर्च गरिने जानकारी दिनुभयो । सो क्षेत्रमा घुम्ने पर्यटकले होटल, पदमार्ग विकास नभईसकेको हुदाँ पर्यटकले आवश्यक सामाग्री लगेर जानुपर्ने अवस्था रहेको छ, उहाँले भन्नुभयो । यस बर्ष आएको प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम सो क्षेत्रमा पुर्वाधार निर्माण खर्च गरिने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
विगत बर्षमा सो क्षेत्रको पर्यटकियस्थलमा पुर्वाधार निर्माणका लागि संघ, प्रदेश र गाउँपालिकाबाट २ हजार २२० मिटर उचाईमा अवस्थित प्रमुख पर्यटकिय स्थल रुईसे भेडिओढारबाट भ्युटावार र पदमार्म र तालिम हल पिकनि स्पोर्ट लगायतको पुर्वाधार निर्माण गरिएको छ। २५ सय २० मिटर उचाईमा रहेको भेढिओढारबाट नजीकबाट उदाएको सुर्य, पश्चिममा रहेको धौलागिरी, अन्नपु्र्ण, नीलगिरि र गुर्जा जस्ता दर्जनौ हिमाल र भेडा गोठ देख्न सकिन्छ । भर्जिन पदमार्गको रुपमा परिचित पदमार्गको प्रवेशद्धारमा भगवती, पिप्ले, बेगखोला, दग्नाम र चिमखोला सिमाक्षेत्रलाई समेटिएको रुईसे– भेडीओढारमा घना जंगल, पहाडी भुबनोट र ठुला घाँसेमैदान रहेको यो क्षेत्रको पर्यटन विकासको महत्वपुर्ण आधार हो ।
यस क्षेत्रमा बाईसेचौविसे राजाको पुरातात्विक सम्पदाले समेत ऐतिहाँसिक मानिने सो क्षेत्रमा आउने पर्यटकलाई हिमालको दृयावलोकन, बनमा फूल्ने लालीगुरासँ, भेडा र गाई गोठ र चराचुरुङ्गीको आवाजले आनन्द बनाँउछ । जिल्लाकै पुरानो भगवती कोट मन्दीर संगै भुमे मन्दीर, नौलि बराह, देउराली मन्दिर लगायतका धार्मिक स्थलहरु रहेकाले यस क्षेत्र धार्मिक रुपमा समेत महत्वपूर्ण रहेको छ । बाइसे चौविसे राज्यको पालामा तत्कालिन राजाहरुले राज्य गरेको रुईसेमा राजाल प्रयोगमा ल्याएका हात्ति बाध्ने स्थान, पानीखाने कुवा, राजाका राजाको सिरार्नीे ढुंगा छ ।
गाउँपालिका र प्रदेश र केन्द्रबाट आएको बजेटले सिजलगाउँदेखि रुईसेसम्म ३ मिटर पदमार्ग निर्माणका लागि ५ लाख, थामकोटमा निर्माधिन भ्युटावर नजिक शौचालय, भेडिओढारमा पर्यटकको सुविधाका लागि रेलिङ निर्माण, चिमखोलाको शिरमा पदमार्ग निर्माणका लागि १० लाख बजेटले गतबर्ष भएको थियो ।
गाउँपालिकाले गुरुयोजनासहित पदमार्गमा होमस्टे संचालनको लागि पुर्वाधार निर्माण, धार्मिक पर्यटकियस्थल रिखार मन्दिरसंग जोडर प्रचारप्रसार गर्न सके यस क्षेत्रको पर्यटन विकासका लागि समय नलाग्ने स्थानीय बताउछन् । पहिचान भएका पर्यटकियस्थलमा पर्यटक बढाउने मुख्य आधार पुर्वाधार देखिन्छ ।