छोराको जन्मदिनमा विद्यार्थीलाई पोशाक
- १८ पुष २०७४, मंगलवार
- 1563 पटक पढिएको
पर्वत, १८ पुष । पर्वतको जलजला गाउँपालीका ३ पर्वत बेनीका एक परिवारले आफ्नो छोराको जन्मदिनको अवसर पारेर विद्यार्थीहरुलाई पोशाक वितरण गरेका छन् ।\
पर्वत बेनी प्रावीका विद्यार्थीहरुलाई लायन्स कल्व अफ बेनी मल्लाजका अध्यक्ष दिलीपकुमार बरुवालले छोरा दिगान्तको पाँचौ जन्मदिनको अवसर पारेका पोशाक वितरण गर्नुभएको हो । १५ जना विद्यार्थीहरुलाई मंगलबार पोशाक वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर थापाको अध्यक्षता र प्रअ हिराबहादुर जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी) र दिगान्तका हजुरबुवा क्षेत्री समाज नेपालका केन्द्रिय सदस्य डिलबहादुर बरुवालले मन्तब्य व्यक्त गर्नुभएको थियो ।