मुलुक

विमान दुर्घटना : एकै परिवारका चारको मृत्यु, चौरासी पूजामा रमाउने धोको पूरा भएन

पर्वत २ माघ। पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौँमा छोरासँग बस्दै आउनुभएको थियो । यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा बाबुआमाको चौरासी पूजामा सरिक हुनका लागि छोरा युवराजसहित नाति र नातिनीसँग उहाँ पोखरा फर्कंदै हुनुहुन्थ्यो... पुरा पढ्नुहोस

पोखरामा भएको दुर्घटनाग्रस्त यती विमानको ‘ब्ल्याक बक्स’ भेटियो

पोखरा २ माघ । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ... पुरा पढ्नुहोस

जहाज दुर्घटना : ६८ जनाको शब फेला, बेपत्ताको खोजी कार्य राति पनि गरिने

पोखरा, १ माघ । पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ६८ जनाको शब फेला परेको छ । दुर्घटनामा परेका चार जना भने अझै वेपत्ता छन् । बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ( एसपी) अजय केसीले खोजी... पुरा पढ्नुहोस

पोखरामा ६८ जना सवार यति एयरलाइन्सको विमान दुर्घटना

पोखरा, १ माघ । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए । आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो ।... पुरा पढ्नुहोस

जलजलाको गाउँसभा स्थगित

लामाखेत, २९ पुष । पर्वतको जलजला गाउँपालिकाको १३ औ गाउँसभा कार्यसूचिमै प्रवेश नगरी स्थगित भएको छ । लामाखेतमा बोलाइएको गाउँसभाका बहुमत सदस्य उपस्थित नभएपछि स्थगित गरिएको हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा भएका गतिबिधिको समिक्षा, खर्च अनुमोदन, बजेटको शिर्षकान्तरका विषयमा छलफल गर्न गाउँसभा बोलाइएको थियो । गाउँपालिकाका अध्यक्ष... पुरा पढ्नुहोस

महोत्सवले स्थानीय उत्पादनलाई व्यवसायीकरण तथा पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउँछ : अध्यक्ष तिमिल्सिना

म्याग्दी २८ पुस । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा विहिबार म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको सातौं म्याग्दी महोत्सव तथा माघेसंक्रान्ती मेलाको उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो ।‘परम्परागत उत्पादनलाई रुपान्तरण गरी व्यवसायीक बन्नुपर्छ ,’उहाँले... पुरा पढ्नुहोस

घनश्याम भुसाल शुक्रबार एकीकृत समाजवादीमा समाहित हुने

काठमाण्डाै २८ पुस । पूर्वमन्त्री तथा वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा समाहित हुने भएका छन्। बानेश्वरस्थित एक होटेलमा शुक्रबार दिउँसो एकीकृत समाजवादीमा समाहित हुने स्वघोषणा कार्यक्रम राखिएको छ। एमालेका पूर्वउपमहासचिव भुसाल प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए। उनी पछिल्लो समय कुनै पनि पार्टीमा आबद्ध छैनन्। भुसाललाई... पुरा पढ्नुहोस

सातौँ म्याग्दी महोत्सवको तयारी पुरा

बेनी, २७ पुस । ‘बेनीको बजार जता माया उतै छ नजर’ बोलको गीतले बेनीलाई देश तथा विदेशमा चिनाएको छ । संगीतका माध्ययमबाट बेनी बजारलाई चिनाउन यो गीतले गरेको योगदान संगसंगै बेनीमा परम्परागत रुपमा लाग्दै आएका माघे संक्रान्ति मेलाले पनि थप चिनारी दिँदै आएको पाईन्छ । बेनीमा बसोबास भएको प्रारम्भदेखि नै... पुरा पढ्नुहोस

प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा ‘प्रचण्ड’ बहुमत,२६८ सांसदले दिए विश्वासको मत

काठमाण्डौ २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट ‘प्रचण्ड’ बहुमत प्राप्त गर्नुभएको छ । मंगलवार संसदमा प्रधानमन्त्रीले लिनुभएको विश्वासको मतमा दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा पाँच... पुरा पढ्नुहोस

एकता रचनावाचन सम्पन्न

पोखरा २६ पुस । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको संयोजनमा गीताञ्जली साहित्य परिवार र विश्व हिन्दू महासंघ कास्कीको आयोजनामा एकता रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । ३०१ औं राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा विगतका वर्ष जस्तै मंगलवार बिहान उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै एकता दिवस मूल समारोह... पुरा पढ्नुहोस