काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी

  • ११ बैशाख २०८०, सोमबार
  • 249 पटक पढिएको

११ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले  बताए । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो ।

फाइल तस्बिर 

 

स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई जानकारी गराएका छन् । पाइलटले केहिवेर होल्ड गरेर खबर गर्ने बताएका छन् । काठमाण्डाैबाट उडान हुँदा साथ जहाजमा अस्वभाविक ठुलाे अावाज अाएकाे थियाे भने अागाे समेत बलेकेा थियाे ।