म्याग्दीमा राहदानी लिने बढे

  • ७ बैशाख २०८०, बिहीबार
  • धिरन खत्री
  • 418 पटक पढिएको

 

म्याग्दी, ६ बैशाख । स्वदेशमा रोजगार पाउने अवस्था नआउँदा म्याग्दीबाट वैदेशिक रोजगारमा जानेहरु बढेका छन् । शैक्षिक, दक्ष र मजदुर सम्मका युवायुवतिहरु रोजगारको खोजीमा विदेश पलायन हुन थालेक हुन् । स्वदेशमा आत्मनिर्भर बन्ने तलव र सेवासुविधाको अभावले पछिल्लो समय वैदेशिक रोजगारका लागि राहदानी लिने संख्या म्याग्दीमा बढेको हो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट बैदेशिक रोजगार, अध्ययन र विकसीत देशमा पारिवारीक बसाइँसराइका लागि राहदानी लिनेको संख्या बढेको तथ्याकंमा देखिन्छ । म्याग्दीमा कक्षा १२ सम्मको पढाई सकेपछि राहदानी लिएर विदेश जाने युवायुवति दिनप्रतिदिन बढ्न थालेको छन । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा नागरिकता भन्दा राहदानी बनाउने संख्या पछिल्लो समय बढी भेटिन्छन्। स्वदेशमा रोजगारीको अवसर नभएपछि युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य बनेका हुन् ।


चालू आर्थिक बर्षको चैतसम्ममा जिल्ला प्रशासनबाट ५ हजार ६८४ जनाले राहदानी लिनका लागि सिफारिस लिएका छन भने ५ हजार १४ राहदानी वितरण गरिएको कार्यालयका नायव सुब्बा विनिता रेग्मीले बताउनुभयो । गत बर्ष २०७९/७९ मा कार्यालयबाट ४ हजार ७४ जनाले राहदानीका लागि सिफारिस लिएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्र राज पन्तले गतबर्ष भन्दा यस बर्षमा राहदानी लिने संख्या बढेको बताउनुभयो । राहदानी लिने युवायुवती बढी छन् । विवाहित र नाबालक ब्यक्तिको राहदानी बनाउने पनि छन् ।

अमेरिका, युरोप, अस्ट्रेलिया, जापान संगै खाडी मूलुकमा रोजगार, ब्यवसाय, अध्ययन र पारिवारिक भेटघाटका लागि जानेको संख्या बढेसंगै राहदानी बनाउनेहरुको संख्या बढेकोे सहायक प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । अध्ययनका लागि विदेश पलायन हुने अधिकाँश अध्ययनका लागि भन्दा पनि रोजगारकै लागि जाने प्रचलन छ । जिल्लामा राहदानी लिनेको संख्या बढेसंगै राजस्व सङ्कलनमा पनि वृद्धि आएको छ ।

म्याग्दीमा युवाजमातको संख्या विदेशमा छन् । एक पुस्ताले विदेशमा कमाएको पैसा अर्को पुस्तालाई पठनपाठन र विदेश भूमीमा पठाउँनकै लागि खर्च गरेको देखिन्छ । विदेशमा आयआर्जन गरेको पुँजी उद्योग र रोजगारी हुने क्षेत्रमा लगानी कम छ भने जिल्ला बाहिर सेवा र सुविधाको उपभोगमा बढी खर्चिने गरेका छन् । विदेशमा धन कमाएपछि गाउँको पुरानो सम्पति छोड्ने क्रम बढेको छ । गाउँमा बृद्धबृद्धा र बालबालिका मात्र बढी छन् । स्थानीय तहले स्थानीय स्रोतसाधनलाई प्रयोग गरेर रोजगार सिर्जना हुने उद्योग र कलकारखाना बनाउन नसक्दा सुरक्षित भविष्यको खोजीमा विकसीत मुलुकहरुमा युवायुवतीको पलायन हुनेक्रम बढेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l