तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

  • १२ बैशाख २०८०, मंगलवार
  • 235 पटक पढिएको

तनहुँ १२ वैशाख। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् ।वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको हो । यहाँ नेपाली काँग्रेसका उम्मेदवार भट्टराईलाइ सत्तागठबन्धनको साथ रहेको थियोभने निर्वाचनको मुखैमा काँग्रेसबाट वाग्ले रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका थिए ।