भारतको अमानवीय हर्कत : यसकारण खोलेन सप्तकोशी बाँधको ढोका

  • २९ श्रावण २०७४, आईतवार
  • 2377 पटक पढिएको

नेपाललाई दुख दिदा ‘आनन्द ठान्ने’ भारतले फेरि एक पटक मानवीय हर्कत देखाएको छ । तराईका जिल्ला बाढीको चपेटामा परेपछि परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सत्पकोशी बाधका ढोका खोल्न कुटनीतिक पहल थालेका थिए । तर, मन्त्री महराको पहललाई भारतले नसुनेजस्तो गरेको छ ।

सप्तकोषी नदीमा पानीको बहाव खतराको संकेतभन्दा माथि छ । मन्त्री महराले भारतीय राजदूतलाई काठमाडौंमा र दिल्लीस्थित दूतावासले भरतीय विदेश मन्त्रालयमा ढोका खोल्न आग्रह गरेका थिए । तर, पनि ५६ मध्ये ३७ वटा ढोका मात्र खोलिएको छ ।

उता कुटनीतिक पहल बढाउनुपर्ने बेला भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय काठमाडौंमै छन् ।

परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ भारतले आग्रह नसन्नुको पछाडि केही कारण रहेको बताउँछन् ।

उनका अनुसार भारतले बाँधका सुरक्षा उपस्थिति खोजेको छ र यस्तै विपतका बेला दवाव बनाएर आफ्नो योजना पुरा गर्न चाहेको छ ।

केही समय अगाडि भारतीय मिडियाले सप्तकोशी बाँधमा आइएसले बम विस्फोटन गराउन थालेको भनेर प्रचार गरेका थिए । यसका पछाडि पनि भारतले बाँधमा आफ्नो सुरक्षा उपस्थिति खोजेको रुपमा हेरिएको छ ।

यसबाहेक श्रेष्ठ भारतले कोशीमै अर्को उच्च बाँध बनाउन चाहेको र ढोका नखोलेर नेपाल सरकार र दलहरुमाथि दवाव बनाईरहेको ठान्छन् । विपतको बेला ढोका खुल्न आनकानी गरेर भारतले दवावको कुटनीति गरिरहेको श्रेष्ठ मान्छन् ।

source: ratopati