लायन्स क्लब अफ बेनी मल्लाजद्धारा विपन्नलाई खाद्यान्न सहयोग

  • १५ चैत्र २०७६, शनिबार
  • 1538 पटक पढिएको

म्याग्दी १५ चैत । विश्वब्यापी महामारकिो समस्या बनेको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनका समयमा दैनिक गुजारा चलाउन समेत कठिनाई भोगेका दुई परिवारलाई लायन्स क्लब अफ बेनी मल्लाजले खाद्यान्न सहयोग गरेको छ ।

जलजला गाउँपालिका–३ पर्वत बेनीका ज्याला मजदुरी गर्दैै गुजारा चलाउँदै आएका गोपाल नेपाली र लालबिर नेपाली(पचौरे) को परिवार लाई लायन्स क्लव अफ बेनि मल्लाजले प्रहरी चौकी वारिबेनी का इन्चार्ज भरत गौतम नेतृत्वको सुरक्षाकर्मीको उपस्थितीमा २ सातालाई पुग्ने खाध्यान्न सामाग्री सहयोग गरेको क्लबका अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार, उनीहरुलाई चामल, आलु, नुन, खुर्सानी, बेसार, चिउरा, भुजा, चिनी लगायतका खाद्य सामाग्री सहयोग गरिएको हो । क्लबका अध्यक्ष बानिया, पुर्ब अध्यक्ष तथा जोन चेयर पर्सन दिलिप कुमार बरुवाल, निबर्तमान अध्यक्ष श्रीलाल चापागाईं, प्रथम उपाध्यक्ष बलिभद्र कँडेल (राजु), दृतिय उपाध्यक्ष बिक्रम सुबेदि, सचिव दल बहादुर जि सि(शिव), कोषाध्यक्ष चन्द्र बहादुर क्षेत्री (बाबू), सदस्य गोर्ख बहादुर जि सि लगायतकाे उपस्थितिमा सामाग्री वितरण गरिएकाे थियो ।