आत्म निर्भर हुन कुराले मात्र पुग्दैन

  • २८ फाल्गुन २०७६, बुधबार
  • 571 पटक पढिएको

कमल (तिलक भण्डारी)

बैदेशिक रोजगारीको बिकल्पको योजना कसरी तय गर्ने भन्ने बिषयमा अहिले सम्म कहिकतै छलफल र बहसको बिषय भएको देखिदैन । हाम्रा नेता ज्युहरू समाजबादको वकालत गरी नथाक्ने हामी उर्जिशिल युवा त चुप मै चुप गरी बस्ने राजनितिक दलभित्र भएका युवा नेतृत्व आवज उठाउन नसक्ने आफुसग भएका अबधारणा समेत प्रस्तुत गर्न डराउने अनि कसरी बन्न सक्छ समृद नेपाल र सुखि नेपाली! सुखि नेपाली र बिकशित राष्ट्र नेपाल बनाउनको लक्ष्य पनि हुनपर्छ तबमात्र देश समृद पनि बन्छ नागरिक पनि सुखि र खुशि जिवनयापन गर्न सक्छन । नेपाली नागरिकको पहिलो प्राथमिकता के हो भन्ने बिषयमा नै पहिलो ध्यान जान जरुरी देखिन्छ ।

जनतालाइ शक्तिशालि बनाउने अस्त्र भनेको पहिलो प्राथमिकता रोजगारी नै हो तर यो जटिल बिषयलाइ कसरी आफना नागरिक सम्म पुरयाउने भने कुरा राज्यको दाइत्व भित्र पदर्छ । राज्यले बेरोजगारी अन्त्य गर्न स्पष्ट खाका तयार गरी अबधारणा अगाडी बडाउनुपर्छ तबमात्र नागरिकले राज्य भएको महसुस गर्ने छन । नेपाल कृषि प्रधान देश हो भनेर जबदै बसेको धैरै लामो सयम भयो तर अहिले सम्म उचित कदम पहल अगाडी बढाउन नसक्दा कृषि प्रधान होइन खाद्यान्न आयात गर्ने देश भनेर चिनिन्छ । उदारणको लागी बितेका केहि महिनाको कृषि आयातको तथ्याङकलाइ हेरन सकिन्छ ।

धान मात्र ६ अर्ब तिस करोडको आयात आलु मकै तरकारी फलफुल तिन अर्ब भन्दा बढि आयात भएको तथ्याङकले देखाउछ । सबै भन्दा धैरै त खाने तेल मात्र साढे सात अर्बको आयात भएको देखिन्छ । यदि अब पनि राज्य र नागरिकले यो बिषयमा गहन छलफल बहस अबधारणा बानाइ अगाडि प्रस्तुत नहुने भने भबि दिनमा ठुलो संकटको सामाना गनु पर्ने हुन्छ त्यसकारण अहिलेको आबश्यकता भनेको कृषि नै पहिलो भनि अगाडि बढनु पर्ने देखिन्छ । राज्य र नागरिक बिचको समन्वयबाट नै खाद्यान्न आयत होइन निर्यातमुखि बनाउन सकिन्छ ।

यदि नेपाल सरकारको तर्फबाट प्रार्दशि र स्पष्ट खाका तयार गरी प्रस्तुत हुने हो भने मात्र कति लाख सख्यामा नेपाली रोजगारी अबसर प्राप्त गर्छन यि र यस्ता बिषयमा राज्यको अधिकतम ध्यान जान देखिन्छ! बेरोजगारी कसरी अन्त्य र रोजगारी कसरी सृजना गर्न सकिन्छ भने बिषयमा गहिरो अध्यन गरी राज्य र नागरिक बिचको हातेमालोलाइ उचित सहयोग र साथ लिएर अगाढि जाने हो भने पकै पनि खुशि नेपाली समृद नेपाल बने छ । कृषिमा कसरी उत्पादन बडाउन सकिन्छ कस्तो मापदण्ड तय गर्नुपछ भन्ने बिषयमा गहन अध्यन खोज हुन जरुरी देखिन्छ। बालीमा ताली बजाउनको लागी प्रथम भुमिक भनेको लगानी र आम्दनीको लेखा जोखा मुख्य भुमिका रहन्छ ।

कसरी कम लागतमा धैरै उत्पादन गर्न सकिन्छ भनेर कृर्षकको यथार्थ जानकारी लिनुपर्छ कुन कुन शिर्षकमा राज्यबाट सहयोग गर्ने भने कृषक आत्म निर्भर हुन्छन भने ज्ञान हुनु जरुरी छ । नाकाबन्दिको स्मरण सबै नेपालीमा छ । त्यसकारण हामी कति बिषयमा परनिर्भरमा बसेको र्छो भन्ने गतिलो उदारण नेपालको संबिधान घोषणा पछि देखिएको छ । गत केहि महिना मात्र प्याजको रोकावटले प्रति केजि पँचासको प्याज दुइ सय पचास भएको हामी सबै नेपालीला अबगत नै छ भोलि लगभग सात अर्बको धान बन्द नहोला भन्न सकिन्न छिमेकी राज्य निति बिधि र ब्यवाहर कुनै बेला पनि परिबर्तन हुन सक्छ त्यसकारण आत्म निर्भर हुने प्रयत्न जारी रार्खो ।

ब्यबसाहि र आत्म निर्भर बनाउने सरल बिधि भनेको समय अनुकुल बिउ बिजन मल र औषधि मुख्य भुमिका रहन्छ त्यसपिछको अर्को बिधि भनेको उत्पादन भएको बस्तु कृर्षक र राज्यबिच प्रत्यक्ष सम्बन्ध उत्पादन भएको बस्तु राज्यले जिम्मेवारी बहन गर्ने हो भने कोहि पनि नेपाली युवा रोजिरोटिको लागी प्रवाश जाने दिनको अन्त्य हुनुको साथै आयातमुखि होइन नियातमुखि र अहिले देखिएको ब्यापार घाटाको अन्त्य र खुशि र सुखि नेपालीको चमक देख्न सकिन्छ । अन्त्यमा खुशि सुखि समृदको लागी बस्तु खरिद होइन बस्तु उत्पादमा प्रयत्न गर्रो यसैमा सबै भलो हुने छ ।