मुनाको मृत्युको कारण घाँटीमा कसिएको डोरी

  • २ फाल्गुन २०७६, शुक्रबार
  • 1349 पटक पढिएको

काठमाडौं, २ फागुन । आफ्नै घरमा हत्या गरिएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको मृत्यु घाँटीमा कसिएको डोरीको कारण भएको खुलेको छ । शुक्रबार आएको शवपरीक्षण प्रतिवेदनको नतिजाअनुसार उनको मृत्यु घाँटीमा बाँधिएको डोरीका कारण भएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले घरमा काम गर्ने युवक विजय चौधरीले पिर्काले हानेर मारेको देखिएको थियो । तर पिर्काले हानेर घाइते मात्र भएको र पछि डोरीले घाँटी कसेर मारेको पोस्टमार्टम रिपोर्टबाट खुलेको एक प्रहरी अधिकृतले बताएका छन् ।

त्यस्तै चौधरीको मृत्यु पनि घाँटीको नली चुँडिएर भएको देखिएको छ । शव परीक्षण प्रतिवेदनअनुसार उनको आत्महत्या नै भएको प्रहरीका अधिकारीको भनाइ छ ।

पूर्वसचिव कार्की पत्नी मुना र घरमा काम गर्ने युवकको पोस्टमार्टम रिपोर्ट आएको र अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङले बताए ।

-onlinekhabar.com