हिमशृङ्खला पुग्ने पदमार्गमा पर्यटकिय पुर्वाधारको अभाव

  • २० माघ २०७६, सोमबार
  • धिरन खत्री
  • 2053 पटक पढिएको

धिरन खत्री /म्याग्दी, २० माघ । संसारको सातौ अग्लो धौलागिरि र अन्नपूर्ण लगायतको हिमशृङखलामा पुग्ने पदमार्गमा पुर्वाधारको अभाव देखिएको छ। हिमाली जिल्ला म्याग्दीलाई पर्यटन क्षेत्रमा चिनाउन प्रशस्त सम्भावना बोेकेको दर्जनौ हिमशृङखलाहरुमा समयमै पर्यटकिय पुर्वाधार बन्न सकेको छैन् । नेपाल सरकारले २०२० लाई भ्रमण बर्षको रुपमा मनाउदै गर्दा म्याग्दीको पर्यटकिय क्षेत्रमा दिगो र भरपर्दो पुर्वाधार निर्माणमा ढिलासुस्ती देखिएको छ। लामो यात्रामा भ्रमण गर्न आउने पर्यटकहरुले राउण्ड धौलागिरी, अन्नपूर्ण आधार शिविर, अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग, गुरिल्ला, धौलागिरी आईसफल, धौलागिरी सेञ्चुरी, पश्चिम धौलागिरी लगायतका पदमार्गमा पुर्वाधार अभाव रहेको छ । विभिन्न क्षेत्रमा गुरुयोजनासहित पुर्वाधार नहुदाँ पर्यटकहरुले भरियामार्फत आवश्यक समाग्री बोकेर प्राकृतिक हिमशृंखलाहरुमा घुम्नु पर्ने बाध्यता छ ।


म्याग्दीका प्रमुख पर्यटकीय आकर्षणका रुपमा कुमारी हिमाल, मुक्तिनाथसंग जोडिएको धार्मिक रुट र प्राकृतिक ठाउँहरु रहेको पुर्व सांसद नवराथ शर्माले बताए । गुर्जादेखि धौलागिरि हिमालसम्म, धाार्मिक गन्तव्यहरूमा गलेश्वरधाम, जगन्नाथ मन्दिर, पुलाश्रम, मालिकाथान, महारानी थान लगायत छन्। त्यस्तै धौलागिरि सेन्चुरी, धौलाागिरि राउण्ड, धौलागिरि आइसफल, गुरिल्ला पदमार्ग पुर्वाधार निर्माण हुन नसकेको पुर्व सांसद शर्माले बताए ।
धौलागिरि हिमाल (८,१६७ मिटर) अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी लगायतका दर्जनौ हिमाल रहेको छ । हिमालपारिको जिल्ला मुस्ताङको प्रवेशद्धारको रुपमा समेत रहेको म्याग्दीमा हिमालहरुसंगै, अग्ला झरना, ताल तलैया, धार्मिक र ऐतिहाँसिक सम्पदाहरु थप पर्यटकहरुको आकर्षण हुन् । छोटो दुरीमा २ देखि ५ दिनसम्मको यात्रामा आउने पर्यटकहरु घोडेपानी पुनहिल, फुलवारी, करबाकेली, खोप्रा, मोहोरडाँडा, टोड्के, जगन्नाथ, रुईसे–भेडीओढार, रिखार, स्वर्गाश्रम, बेलढुंगा, बेगको नेपालकै लामो झोलुंगे पुल, रुप्से झरना, अन्ध गल्छी, रुमको दुरलेक, भालेबास्ने ताल, मालिका धुरी, लुकेको बस्ती गुर्जा, हिमालको काखमा रहेको मुदी, तातोपानी कुण्डहरु, लगायतका पर्यटकीय आकर्षणका गन्तव्य हुन् ।

अधिकांश क्षेत्रमा पूर्वाधारका हिसाबले हामी कमजोर छौ, लामो गन्तव्यहरूमा राम्रो बाटो, होटल आदि बनिसकेको छैन। घोडेपानी क्षेत्रबाहेक अन्यत्र पूर्वाधारको अवस्था कमजोर रहेको पुर्व सांसद केसीले बताए । तत्कालिन जिविसको पर्यटन गुरुयोजनासहित सरोकारवालाहरु एकीकृत रुपमा अघि बढ्न नसक्दा पुर्वाधारको अभाव भएको हाे । शर्माले– सांसद, राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि कर्मचारी, विभिन्न संघसंस्था एकीकृत भएर बृहत छलफल गरेर समग्र जिल्लाको फाईदा हुने गरि योजनासहित बजेट विनियोजन गरेर छोटो समयमा पुर्वाधार निर्माणले स्वदेशी तथा विदेशी पर्यटक बढाउदै म्याग्दीलाई विश्वभर चिनाउन सकिने बताए ।

संसारको १० उतकृष्ट गन्तव्य परेको पनहिल घोरेपानीमा सुविधासम्पन्न पुर्वाधारले विदेशी तथा नेपाली पर्यटकहरुको चहलपहल बढ्दो क्रममा छ । भने सदरमुका बेनी, सिंगा तातोपानी, भुरुङतोपानीमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सुविधा सम्पन्न होटल छन् । भने पछिल्लो समय पुर्वाधार टोड्के, झाँक्रीपानी, करबाकेली, मालिका लगायतका क्षेत्रमा पुर्वाधार निर्माणमा स्थानीयले होमस्टे संचालनले नेपाली बढेका छन्।  स्थानीय तहको सक्रियतामा पर्यटकियस्थहरुलमा प्रचारप्रचार तथा पुर्वाधार निर्माणले आन्तरिक पर्यटकहरुको चहलपहल बढेपनि पुर्वाधार अभावले पर्यटकको लामो बसाई हुने पुर्वाधार भने बनेको छैन् । प्राकृतिक सुन्दरतासहित बाह्मण, क्षेत्री, थकाली , मगर , छन्त्याल, पञ्चेबाजा, झाँकी, लगायतको कला संस्कृति र ऐतिहाँसिक धार्मिक स्थलहरु अवस्थित जिल्लामा पर्यटन क्षेत्रको थप बलियो आधार हुन् ।

केही बर्षयता पर्यटकको चाप बढेपनि पर्यटन प्रवद्धन गर्ने उद्देश्यले जिल्लाका स्थानीय तहले पुर्वाधार निर्माणलाई तिव्रता दिएपनि दिगो योजनासहित पर्यटन पुर्वाधारमा ध्यान जान सकेको छैन् । स्थानीय सरकारले ब्यानरसहितको भ्रमण र मेला महोत्सवले मात्र भ्रमण बर्षमा पर्यटक बढ्न सक्ैदन् ।  त्यसैले कलासस्कृति, प्राकृतिक सुन्दरताको प्रचारप्रसार तथा होमस्टे प्रभावकारी रुपमा विकास गने, स्वदेशी तथा विदेशी नेपालीहरुको ब्यक्तिगत लगानी बढाउन पर्यटन क्षेत्रमा ढुक्कसाथ लगानी गर्ने बातावरण सिर्जना गर्नुपर्छ । जसले पर्यटक बढेर म्याग्देलीलाई रोजगारीको अवसर सिर्जना हुन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l