म्याग्दीको विकासमा राजनीतिक पुर्वाग्राही गरेको छैन : सांसद भुपेन्द्रबहादुर थापा

  • १ कार्तिक २०७६, शुक्रबार
  • धिरन खत्री
  • 711 पटक पढिएको

 

म्याग्दी, १ कात्तिक। प्रतिनिधिसभाका सांसद भपुेन्द्र बहादुर थापाले म्याग्दीको विकासमा राजनीतिक पुर्वाग्राही नगरेको बताए । भुगोल र जनताको चाहनालाई मध्यनजर गर्दै पर्यटन, सडक, खानेपानी, शिक्षा, कृषि र खेलकुद क्षेत्रमा बजेट विनियोजन गरेको जानकारी दिए ।

उनले घोडेपानी देखि मोहरे पदमार्ग निर्माण, पुनहिलमा पूर्वाधार बनाउन, धौलागिरि आईसफल पदमार्ग, रुईसदेखि माथि पदमार्ग निर्माणा, गुर्जा हिमालमा पदमार्ग निर्माण, गलेश्वरधाम, ताकम कोतमन्दिर पुर्ण निर्माण गर्न, ज्यामरुकोट मन्दिर पुर्ननिर्माण लगायत पर्यटकिय क्षेत्रको पुर्वाधार विकासका लािग काम गर्न पचास÷पचास लाखको दरले ५ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको जानकारी दिए । त्यस्तै खानेपानी अन्तर्गत बृहत घोप्टेखोला खानेपानी आयोजना र चिमखोला खानेपानी आयोजनामा ४०÷४० बजेट विनियोजन बहुबर्षिय रुपमा काम गराउनेसंगै काम भएको बताए ।

खेलकुदतर्फ रत्नेचौर खेलमैदानलाई ५० लाख र सदरमुकाम बेनीको खुल्लामञ्चको पुर्वाधार निर्माणका लागि ४० लाख बजेट गरेको जानकारी दिए । उनले स्थानीय तहमा खेलकुदको पुर्वाधार विकास तथा निर्माणका लागि संघिय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीसंगै मापदण्डअनुसारको जग्गा स्थानीय तहले निशूल्क उपलब्ध गराउनुपर्ने बताए ।  त्यस्तै मोटरेपुलतर्फ मुदी– मराङ जोड्ने पुल, मुदी र मुना, पाउद्धार घार मोटरपबलपुल, झिँ मौवाफाटँ लगायतको क्षेत्रमा पुल निर्माणको लागि स्विकृत भएको जानकारी दिए ।

त्यस्तै जिल्लाका सबै वडामा विधुत विस्तारका लागि २० करोड भन्दा बढी बजेट विनियोजन हुने र नपुगेको क्षेत्रमा पु¥याउने लक्षसहित काम अघि बढाउने उनले बताए । त्यस्तै शिक्षा तर्फ प्रकाश मावि दाना, मुतिmधाम मावि भगवती, भानु रत्नेचौर, महेन्द्रमावि बंरजा र कृषि र प्राविधिक शिक्षा सुरु गरिएको जानकारी दिए । त्यस्तै ज्ञानप्रकाश मावि र मंगला मावि नमुना विद्यालयको रुपमा छनोट गरिएको सांसद भुपेन्द थापाले जानकारी दिए ।

म्याग्दीलाई अघिल्लो बर्ष सुन्तला जोनमात्र थियो । भने यस बर्ष बंगुरजोनको जिल्लामा स्विकृत भएको समेत जानकारी दिए । हिमाली जिल्लामा कायम भएसंगै काम हुन नसकेर बजेट प्रिज नहुने बताउदै ्विकासका लागि आएको बजेट कार्यान्वयनमा सबैले चासो दिनुपर्ने बताए । त्यस्तै गण्डकी प्रदेशका सांसद विनोद केसीले जिल्लाको भौतिक पुर्वाधार क्षेत्रमा प्रदेश सरकारले बजेट विनियोजनमा प्राथमिकता दिएको बताए । उनले कालिपुल बसपार्क देखि गलेश्वर सम्मको सडकको कालोपत्रे, बेनी सिंगा तातोपानी सडकको लािग छ करोड, रत्नेचौर बेनी, बेनी पाखापानी लागि बजेट विनियोजन भएको बताए । त्यस्तै गलेश्वर पिप्ले भगवती कालोपत्रेका लागि १८ करोड ४१ लाख बजेट विनियोजन भएको छ । उनले हेम मावि र शिवाङ र शिख मावि शिख आवासिय माविको रुपमा छनोट गरिएको बताए ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले प्राविधि जनशक्तिको अभावमा अनुगमन प्रभावकारी नभएको बताए । उनले संघ, प्रदेश र स्थानीय तहका योजनाहरु गुणस्तर कार्यान्वयनका लागि गौरव योजनाहरु जानकारी तथा समन्वय गर्नुस भनेर बारम्बार भनेपनि बजेट निर्माण तथा अनुगमनमा समन्वय गर्नु भनेपनि समन्वय नभएको बताए ।

सरोकारवालासंग गौरवका योजनाहरुमा बजेट निर्माण तथा अनुगमनमा समन्वय र सरोकारवालासंगको छलफलमा बेवास्ता भएको बताए । उनले स्थानीय तहमा पुजीगत भन्दा चालु बजेटर्तफ अनियमिता रहेको बताउदै मलेप रिपोटमा निगरानी बढाउनुपर्ने बताए । उलने जिल्लाका ९७ विद्यालय मध्य माविलाई ४ कोठे र आधारभूत तहलाई २ कोठे भवन निर्माणमा स्विकृत गरि कार्यान्वयनमा अघि बढाएको जानकारी दिए ।

त्यस्तै नेकपा म्याग्दीका अध्यक्ष गोविन्द्र पौडेल र सचिव हरिकृष्ण श्रेष्ठले स्थानीय तहका जनप्रतिनिधिले अनुगमन तथा अन्य सेवामा नियमभन्दा बढी सेवासुविधा लिएको बताए । उनीहरुले जनताको काम गर्न निर्वाचित जनप्रतिनिधिले स्थानीय तहमा अनियमितता गरे कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l