घतानमा रेविज दिवस

  • ९ आश्विन २०७६, बिहीबार
  • 1702 पटक पढिएको

 

बेनी, ९ असोज । बेनी नगरपालिका–९ घतानमा बुधबार विश्व रेविज दिवस मनाइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा सचेतना र भ्याक्सीनेशन कार्यक्रम गरिएको हो ।

“खोप लगाऔ, रेविज उन्मुलन गरौ” भन्ने मुल नाराका साथ दिवस मनाइएको थियो । भेटेरीनरी अस्पतालका पशु चिकित्सक नारायण कुशुमले रेविज रोगको कारण र समाधानका उपायका विषयमा सहजिकरण गर्नुभएको थियो ।

सो अवसरमा घतानका बासिन्दाले पालेका कुकुरलाई रेविज विरुद्धको भ्याक्सीन लगाइएको थियो । बेनी नगरपालिका–९ का वडा अध्यक्ष बेलबहादुर चोखालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।