नगरपालिकाले किन उठाएन बजारबाट ब्यवसायि कर

  • २२ भाद्र २०७६, आईतवार
  • धिरन खत्री
  • 3127 पटक पढिएको

धिरन खत्री
म्याग्दी, २२ भदौँ । बेनी नगरपालिकाको वडा नम्वर ७ र ८ केन्द्रित बेनी बजारबाट साढे २ बर्षदेखि ब्यवसायी कर उठेको छैन् । बेनी नगरपालिकाको जनप्रतिनिधि, कर्मचारी र समन्वय गर्ने म्याग्दी उद्योग वाणिज्य संघको वेवास्ताका कारण बजारबासीबाट ब्यवसायी कर नउठेको हो ।


सदरमुकाम केन्द्रित ब्यवसायिको कर उठाउन नगरपालिका र म्याग्दी उद्योग वाण्ज्यि संघको समन्वयमा ५ बर्षसम्म उठाउने सम्झौता भएको थियो । सो सम्झौता अनुसार साढे २ बर्षदेखि दुवै पक्षको वेवास्ताका कारण बजारका ब्यवसायिबाट कर नउठेको बेनी नगरपालिकाका सूचना अधिकारी युवराज थापाले जानकारी दिए ।


५ बर्षसम्म बेनी नगरपालिकाको कर्मचारी सहयोग तथा उद्योग वाणिज्य संघको समन्वयमा ब्यवसायी कर उठाएवापत ३५ प्रतिशत संघलाई ६५ प्रतिशत नगरपालिकालाइ भन्ने सम्झौता भएको थियो । नगरपालिकाले वडालाई जिम्मा दिएको छ । तर ७ र ८ वडाका वडा अध्यक्षले ब्यवसायी कर उठाएको छैन् । अन्य वडाबाट ब्यवसायी कर उठाएर आएको छ। भने सदरमुकाम केन्द्रित ब्यवसायीबाट सो कर नउठेको कार्यपालिकाको लेखा शाखाले जानकारी दिए ।

ब्यवसाय कर उठाउने सम्वन्धी नगरपालिकासंग सम्झौता भएको हो उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्मचार्यले बताए, तर पालिकाले कर्मचारी परिचालन नगरेपछि संघले कुन आधारमा उठाउने अन्योल भयो । नगरपालिकासंग ब्यवासायी कर उठाउने सम्वन्धी समन्वय गरेपनि कर्मचारी अभाव देखाउने गरेको बताए ।

नगरपालिकाको आन्तरिक कमजोरीले ब्यवासायी कर नउठेको मेयर हरिकुमार श्रेष्ठले बताए । कार्यपालिकामा प्रमुख प्रशासकिय प्रमुखको स्थायीत्व नहुनु, घर नम्वर निर्धारण नहुनु र बैज्ञानिक तवरबाट ब्यवसाय संचालन नहुनु सम्झौतामा दुवै पक्षले वेवास्ताका कारण कर नउठेको मेयर श्रेष्ठले बताए । उनका अनुसार विगतको सम्झौता अनुसार काम नभएपनि बजारको घरनम्वर कायम गर्ने र स्थायी रुपमा कर उठाउने सम्वन्धि कार्यपालिकाको छलफलबाट निर्णय गर्ने जानकारी दिए ।

बजारमा सवारी साधन विक्रेता, डिलर विद्युतिय सामानको विक्रेता, हार्डवयर, सुन पसल, दैनिक उपभोग्य सामान, फलफूल तथा तरकारी, फेन्सी, पेटे«ाल, पुस्तक पसल लगायतको पसलहरु रहेका छन् । बेनी बजार नगरपालिकाको मात्र नभएर जिल्लाको ब्यवसाय तथा बैकिङ्ग क्षेत्रको केन्द्रपनि हो । जिल्लाको प्रमुख ब्यापारिक केन्द्रमा ब्यवसाय कर नउठाए कहाँ उठाउने । जनप्रनिधि तथा कर्मचारीले कर प्रति किन वेवास्ता छ । कार्यपालिकाले कुन ब्यवसायको कति उठाउने भनेर दररेट पनि कायम गरेको छ । तर कार्यान्वयन गरेको छैन् ।

नगपालिकाले कर तिर्ने सम्वन्धी सूचना प्रशारण तथा प्रकाशन नगर्नु, उठाउने कर्मचारी परिचालन नगर्ने र ब्यवसायलाई ब्यवस्थित बनाउन नगरप्रहरी परिचालन तथा कर्मचारी नखटाउनुनै ब्यवसाय कर नउठेको ब्यापारीको गुनाँसो छ ।

नगरपालिकाको गत आर्थिक बर्ष २ करोड ३ लाख ५० हजार ५१४ रुपैया राजश्व संकलन गरेको छ । जसमध्य ब्यवसायी कर बापत ५ लाख ३९ हजार ८५० रुपैयाँ कर उठाएको छ । सो कर सदरमुकामको ७ र ८ वडा बाहेक अन्य वडाबाट उठेर आएको ब्यवसाय कर हो । सो कर सार्वजनिक जग्गा बहाल, सिफारिस दस्तुर, सम्पति, घर बहाल, फोहोर, नदी जन्य पदार्थ र तातोपानी कुण्ड लगायतको क्षेत्रबाट उठेको हो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l