स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन गरिने

  • १ जेष्ठ २०७६, बुधबार
  • 1281 पटक पढिएको

 

बेनी १ जेठ । स्वास्थ्य अधिकार तथा सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानको राष्ट्रिय सञ्जालले देशभर भएका स्वास्थ्य अधिकार हनन्का घटना संकलन गरेर पुस्तक प्रकाशनको तयारी गरेको छ ।
बेनीमा बुधबार अभियानको जिल्ला सञ्जालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय संयोजक शान्तराज मूल्मीले वि.स २०७५ मा भएका स्वास्थ्य अधिकार हनन्का घटना संकलन गरेर पुस्तक प्रकाशन गर्न लागिएको जानकारी गराए ।

पुस्तक मार्फत देशभरका स्वास्थ्य अधिकार हनन्का घटनाको अभिलेखिकरण र सार्वजनिकरण गरि सरोकारवाला पक्षलाई जिम्मेवार बन्न दवाव पुग्ने उनले बताए । संयोजक मुल्मीले आगामी वर्ष स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता र स्वास्थ्य सेवामा भैरहेको अविवेकपूर्ण घटना संकलन गरेर पुस्तक तयार पारिने बताएका थिए ।

कार्यक्रममा पछिल्लो समय नेपालमा स्वास्थ्य सेवामा अस्वस्थ्य व्यवसायिकरण हुदै गएको, स्वास्थ्य बिमा गरेका सर्वसाधारणले सेवा पाउन नसकेको, निजी अस्पतालले गरिबलाई छुट्टाएको दश प्रतिशतको कोटा कार्यान्वयन हुन नसकेको बताए । सञ्जालका जिल्ला संयोजक हरिप्रसाद पौडेलले गतिबिधिको बारेमा जानकारी गराएका थिए ।