पर्यटन महोत्सवमा ज्योती मगरको प्रस्तुतीमा उर्लिए दर्शक (फोटो फिचर)

  • २८ चैत्र २०७५, बिहीबार
  • 2812 पटक पढिएको

 

म्याग्दी, २८ चैत । म्याग्दी सदरमुकाम बेनीमा जारी प्रथम पर्यटन महोत्सवमा गायिका ज्योति मगरको प्रस्तुतीमा दर्शक उर्लिएका छन् । महोत्सवको पाँचौ दिन बुधवार साँझ चर्चित गायिका तथा मोडल ज्योति मगरको साँगेतिक प्रस्तुती थियो । उनले लगाउने पोशाकको समय समयमा आलोचना हुने भएपनि उनको कार्यक्रममा भने हरेक कार्यक्रममा दर्शकको आगमन बढ्ने गर्छ ।

बेनीको खुलामञ्चमा जारी महोत्सवमा पनि उनको प्रस्तुीले महोत्सवको अहिलेसम्मकै धेरै दर्शक उर्तान सफल भईन् । बुधवार मात्रै ६ हजार बढी दर्शक पुगेको अनुमान आयोजकको छ । गायिका मगरले विभिन्न ट्याक म्युजिकमा आफ्नो गीत प्रस्तुती संगै गायक सज्जन बोहोरासंग दोहोरी समेत गाएकि थिईन् । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँगेतिक प्रस्तुती रहेको महोत्सवमा लोकदोहोरी, एकल नृत्य लगायतका प्रतियोगिता समेत सञ्चालन भएको छ ।