रघुगंगा माविका प्रअ ठकुरीद्धारा जन्मदिनको अवसरमा सामाजिक क्षेत्रमा सहयोग

  • ३ भाद्र २०७५, आईतवार
  • 2602 पटक पढिएको

म्याग्दी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा रहेको रघुगंगा माध्यमिक विद्यालयका प्रधानध्यापक रमेशसिंह ठकुरीले आफ्नो जन्मदीन सहयोग हस्तान्तरण गरि मनाउनुभएको छ ।

प्रअ ठकुरीले जन्मदीनको अवसरमा विद्यालयमा अध्ययनरत ७ जना अभिभावक गुमाएका बालबालिकाहरु लाई एक/एक थान विद्यालय पोशाक उपहार स्वरुप प्रदान गर्नुभएको छ । त्यसैगरि उहाँले विद्यालयमा रहेको पुस्तकालयको लागि ४ जना ज्ञानबद्र्धक पुस्तक समेत उपहार प्रदान गर्नुभएको छ भने बरको रुख ढलेर घरमा क्षती व्यहोरेका याम बहादुर कार्किलाई नगन रु ३ हजार ३०० सहयोग गर्नुभएको हो ।

पछिल्लो समय जन्मदीनलाई ठुलो फजुल खर्च गरि मनाउने प्रचलन बढीरहेको सन्दर्भमा प्रअ ठकुरीले जन्मदीलाई सकरात्मक र सामाजिक काम गरि मनाउने निधो गरि सो सहयोग गरेको बताउनुभयो ।