शिक्षण पेशााबाट अवकाश लिएका नन्द केसीलाई मुक्तिधामबाट विदाई

  • २ भाद्र २०७५, शनिबार
  • धिरन खत्री
  • 3062 पटक पढिएको


म्याग्दी, २ भदौँ । ३६ बर्ष निरन्तर शिक्षण पेशामा रहेर अवकाश लिएका नन्दबहादुर केसीलाई मुक्तिधाम माविबाट विदाई गरिएको छ । रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा रहेको मुक्तिधाम माविका ब्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीको उपस्थितमा २०३९ सालबाट शिक्षक पेशाामा रहेका केसीलाई शुक्रबार विद्यालयले फूलमालाले सम्मान गर्दै विदाई गरेको हो ।


केसीले २०३९ सालबाट महादेव मावि बेगबाट निमावि तहको शिक्षक पेशा सुरु गरेका थिए । २०४५ बाट श्री सिद्धार्थ ज्ञानमन्दिर विद्यालय हुदै २०६३ सालबाट मुक्तिधाम माविमा पठनपाठन गराउदै आएका थिए । मुक्तिधाममा १३ बर्ष शिक्षण पेशा गर्दै २०७५ साल असारदेखि ३६ बर्ष सेवा गर्दै विदा लिएका थिए । केसीले शिक्षक पेशालाई मर्यादित, कतव्र्यनिष्ठ र दिर्घसेवी रुपमा गर्दै अवकाश लिएका हुन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र मल्लको अध्यक्षतामा भएको विदाई कार्यक्रममा ब्यवस्थापन समितिका पुर्व अध्यक्ष नरसिङ केसी, पुर्व प्रअ चेतनाथ सुवेदी, शिक्षक अविभावक संघका अध्यक्ष मनबहादुर कार्की, प्रअ अम्मरबहादुर केसी र विद्यार्थीको तर्फबाट प्रशान्त भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयका सहायक–प्रअ टेकबहादुर केसीको स्वागत मन्तव्य, शिक्षक राम्जी भण्डारीको संचालमा भएको विदाई कार्यक्रममा विद्यार्थीले विविध सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l