सात करोड लगानीबाट बेगको घर–घरमा खानेपानी धारा

  • २८ असार २०७५, बिहीबार
  • 6274 पटक पढिएको


म्याग्दी, २८ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग गाउँमा घरघरमा खानेपानी धारा निमार्ण भएपछि खानेपानीको सहज भएको छ । खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयको सवा सात करोडको लागतमा बेगखोला खानेपानी आयोजना मार्फत गाउँका करिब ४ सय बिस घरधुरीलाई लाभान्वित हुने खानेपानी धारा अन्तिम चरणमा पु¥याएको हो ।


२०७० साल देखी सुरु भएको पन्चेबर्षे आयोजनाको निमार्ण कार्यको घर– घरमा खानेपानी धारा निर्माण कार्य अन्तिम चरणमा पुगे संगै बेग गाउँमा खानेपानीको सुविधा थपिएको छ । बेगको सिख्यान, देउराली फाँट, चुत्रेनी वडाथान, अंग्रेरी, भिमसेन टोल, ठूलोे, मदुखर्क, सुरा, औल, चिलाउनेखर्क, भजेनी, बास्कोट, सिबोरी र सिम ठाउँमा खानेपानीको धारा जठान गरिएको बेग खानेपानी उपभोक्ता समितिका अध्यक्ष पूर्ण परीयारले बताए । उनका अनुसार अहिले सम्म ४ सय २० घरधुरिमध्ये ३ सय ५० घरमा धारा जडान गरि पानी समेत सञ्चालन गरिएको छ । भने बाकी रहेका घरमा धारा निमार्ण भईरुहेको हुनाले आयोजना मंसिरभित्र सम्पन्न हुने परियारले बताए । ‘प्रत्येक घरको धारामा मिटर जडान गरिएको छ । जुन घरले जती पानी प्रयोग गर्छ त्यही अनुसारको पैसा तिर्नु पर्छ ।’ उनले भने ।


गाउँका प्रत्येक घरमा पानीधारा निमार्णसंगै मिटर समेत जडान गरिएको छ । आयोजना सम्पन्न भएपछी आउने समस्यालाई मर्मत गर्न गर्नुपर्ने हुन्छ । उपभोक्ताले पानी प्रयोग गरे बापत मिटरमा आएको पैसा संङकलन गर्न एक जना कर्मचारी राखी पैसा उठाउन गरिनेछ । ‘हामीले अहिले मिटर मात्र जडान गरेका छौँ । अब सबै घरमा पानी पुग्यो भने गाउँको भेला बसेर एक मिटरको कति रुपैयाँ उठाउने भन्ने कुरा गाउँलेले निर्णय गर्छ । मिटर अनुसार पैसा तिर्न परे उपभोक्ताले पानी जथाबाबी प्रयोग गदैन ।गाउँमा खानेपानीको समस्यालाई अत्य गर्नका लागी आयोजनाले १ लाख लि. को ट्याङकी १ वटा, २० हजार लि. को ४ वटा, १० हजार लि.को १ वटा अन्य केही साना ट्याङकी निमार्ण गरि घरघरमा धारा पु¥याएको छ । पहिले हिउदमा हुने खानेपानीको चरम समस्या समस्या अत्य भएको छ । अध्यक्ष परीयारले भने ।

पहिला पानीको समस्या जेल्र्दै आएका गाउँले अहिले घरको आँगनमा नै पानी आउदा खुसी भएका छन् । पहिला ३ सय घरमा मात्र पानी धारा जडान गर्ने भने पनी पछी पुनः सबै गाउँमा धारा जडान गर्ने भएकाले आयोजनाको काम अलि ढिला भएको परीयारले बताए । गाउँमा बर्षातको समयमा सडक बन्द हुने र गाउँमा काम गर्ने जनशक्ति कम भएकाले निमार्णका गर्न गाह्रो भएको र बढी खर्चिलो समेत भएको बताए । बेगमा  बनेकाे नेपालकै अग्लो र लामो पुलमा, पदमार्ग र सार्वजनिकस्थलमा खोनपानी सुविधा विस्तार गर्न लागेका छन् ।