जेल्तुङमा झोलुङ्गे पुल निर्माण

  • २ असार २०७५, शनिबार
  • सन्तोष गौतम
  • 4825 पटक पढिएको

म्याग्दी, २ असार । धौलागिरी गाउँपालीका ४ मुदीको जेल्तुङ र सिम्कोश गाउँको सिमाना म्याग्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

गाउँपालीका र टिबिएसयुको सहयोगमा भौगोलिक रुपमा बिकट तथा दुर्गम क्षेत्रमा अवस्थित सिम्कोश बगर गाउँका बासिन्दाले १०२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । २०७४ असारमा म्याग्दी नदीमा आएको बाढीले म्याग्दी नदीमा आएको बाढीले काठको झोलुङ्गे पुल बगाएपछि आवत जावत गर्न समस्या भएको थियो ।

पुल निर्माण भएपछि साँघु र तुईनबाट जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता हटेको उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद पुनले जानकारी दिनुभयो । पुल बगाएपछि सिस्कोशका बासिन्दाले तुईनबाट खाद्यान्न, नुन तेल तारेर उपभोग गर्दै आएका थिए ।

गत बर्ष सिम्कोशको जंगलमा चरनका लागि बगरका बासिन्दाले लगेका गाईबस्तु पुल बनेपछि मात्रै गाउँमा ल्याएको छ । ४६ लाख १४ हजार ७५९ रुपैयाको लागतमा निर्माण भएको पुलबाट ३७ घरधुरीका २२३ जनसंख्या लाभान्वित भएका अध्यक्ष पुनले बताउनुभयो ।

गाउँपालीकाको पाँच लाख ५३ हजार ८०३, टिबीएसयुको पाँच लाख सात हजार ८६ रुपैया बराबरको लट्ठा र बुल्डअफ ग्रिप, बिस लाख २२ हजार ४९३ रुपैया नगद, चौध लाख २६२ रुपैयाको निर्माण सामाग्री र समुदायको ९२ हजार २०१ रुपैया बराबरको श्रमदानमा पुल निर्माण भएको हो ।

२०७४ फागुन ८ गतदेखि निर्माण सुरु भएको पुल लक्ष्य भन्दा करिब एक महिना अघिनै सम्पन्न भएको हो । असार २० गते सम्पन्न गर्ने लक्ष्य भएपनि उपभोक्ताको सक्रियताका कारण एक महिना अघिनै काम सकिएको पुल निर्माणमा सामुदायीक परिचालन तथा प्राबिधिक सहयोग गरेको संस्था मिलन म्याग्दीकी प्राबिधिक बिष्णु पन्तले बताउनुभयो ।

सन्तोष गौतम