तयारी बिनाको ‘म्याग्दी भ्रमण बर्ष–२०७५’ कस्तो होला ?

  • ८ बैशाख २०७५, शनिबार
  • कमल खत्री
  • 2709 पटक पढिएको

म्याग्दी, ८ वैशाख । यतिबेला म्याग्दीमा अलि बढी चर्चा हुने बिषयमा ‘ म्याग्दी भ्रमण बर्ष २०७५’ अग्र स्थानमा छ । म्याग्दी उद्योग बाणिज्य संघले २०७५ साललाई म्याग्दी भम्रण बर्षको रुपमा मनाउने घोषणा गरेको थियो । पर्यटनसंग चासो राख्ने व्यक्तिहरु यतिबेला घोषणा गरिएको भ्रमण बर्ष कस्तो होला ? पर्यटक आगमन कसरी बृद्धि होला ? भ्रमण बर्षको सुरुवात कसरी हुँदै छ जस्ता बिषयमा बहस र छलफल गर्छन । तर नयाँ बर्ष २०७५ साल सुरु भैसक्दा समेत भम्रण बर्ष कसरी मनाउने हो ? भन्ने अझै ठोस तयारी भएको भने देखिएको छैन् । भ्रमण बर्ष सुरु भैसक्दा पनि प्रचार प्रसार देखि आर्थिक व्यवस्थापन सम्मको तयारी भएको देखिँदैन् ।

‘म्याग्दी भ्रमण बर्ष’ जस्तो महत्वकाँक्षि योजना तयारी विना गरिँदा यसले प्राप्त गर्ने उपलब्धी कस्तो होला ? भन्ने आम चासोको बिषय हो । बेनीका केही युवा व्यवसायिहरुले बेनी भ्रमण बर्ष मनाउने भनी सामाजिक सञ्जाल फेसबुक मार्फत अभियान चलाएका थिए । त्यो अभियानलाई उद्योग बाणिज्य संघले रुपान्तरण गर्दै बेनी मात्रै नभनी २०७५ साललाई म्याग्दी भ्रमण बर्षकै रुपमा मनाउने निर्णय ग¥र्यो । गत २०७४ पुस पहिलो साता बसेको संघको बैठकले म्याग्दीको पर्यटकीय सम्भावनाको पहिचान, प्रर्वद्धन र आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउन २०७५ साललाई भ्रमण वर्ष बनाउने निर्णय गरेको थियो ।

जिल्लाको पर्यटन विकास एवम प्रचार प्रसारको लागि निजी क्षेत्रले गरेको यो प्रयास पक्कै पनि प्रसंनिय कार्य हो । यद्यपी ‘म्याग्दी भ्रमण बर्ष’ जस्तो महत्वपूर्ण योजनाको लागि प्रयाप्त पूर्व तयारी नहुनुले कतै घोषणा उपलब्धीमुलक भन्दा पनी प्रचारबाजी (हो–हल्ला) गर्नमै सिमित हुने त होइन भन्ने आशंकाहरु उब्जिरहेका छन् ।

यहाँको पर्यटकीय स्थलहरुको बारेमा मार्केटीङ नगरेसम्म यहाँ पर्यटक नभित्रने कुरा सबैलाई जगजाहेर नै छ । बेनीदेखि कुन–कुन पर्यटकीय ठाउँमा कसरी पुग्ने? ती ठाउँको बिशेषता के छन् ? त्यहाँ पुगेपछि खान र बस्नेका व्यवस्था के छ जस्ता सुचना पर्यटकहरुको लागि अत्याबश्यक हुन्छन् । तर अहिलेसम्म यस्ता सन्देशहरुलाई बाहिर ल्याउन सकिएको छैन् ।

कालिपुलमा संघकै पहलमा पर्यटक सुचना केन्द्र स्थापना गर्ने तयारी भैरहेपनि अहिलेसम्म त्यो कार्यान्वयन हुन सकेको छैन् । भ्रमण बर्ष घोषणा गर्दा कम्तीमा स्थानीय सरकार र सम्बन्धित सरोकारवालाहरुको बृहत छलफल र समन्वय हुन जरुरी थियो । र पूर्व तयारीहरु पनि प्रयाप्त मात्रामा हुनुपथ्र्यो । योजनाबद्ध तवरले स्थानीय सरकार र पर्यटनसंग सम्बन्धित सरोकारवालाहरु अगाडी बढ्नुपथ्र्यो । भ्रमण बर्ष सुरु भैसक्यो तर यहाँ अझै पूर्व तयारीका काम भएका छैनन् । संघले स्थानीय सरकारका प्रतिनिधिहरु र सरोकारवालाहरुसंग बेनीमा यसै साता छलफल चलायो । तर यो छलफल निकै ढिला गरि सुरु भएको छ । ‘म्याग्दी भ्रमण बर्ष’ जस्तो महत्वपूर्ण अभियान हरेक बर्ष सञ्चालन गर्नु उत्तम हुन्न र मिल्दैन पनि ।

त्यसैले जिल्लाकै गौरब र महत्व बोकेका यस्ता घोषणा औपचारिकतामै सिमित भयो भने घोषणा गरिएको कार्यक्रमको अर्थ के होला ? कम्तीमा भ्रमण बर्ष मनाउने हो भने हामीले स्वदेश देखि विदेश सम्म विभिन्न माध्ययम मार्फत निम्तो अथवा भ्रमण बर्षको सन्देश पु¥याइसक्नु पथ्र्यो । ‘म्याग्दी भ्रमण बर्ष’को प्याकेजलाई हामीले पर्यटन व्यवसायिहरुको समन्वयमा मार्केटिङ गरिसकेको हुनुपथ्र्यो अहिलेसम्म । हामीकहाँ आन्तरिक तथा बाह्य पर्यटक घुम्नलाई के–कस्ता ठाउँ छन् ? तिनको तस्बिर र भिडियो सहितको जानकारीमुलक सन्देशहरु हामीले कम्तीमा छिमेकी मुलुकसम्म पु¥याउन सकेको भए यसको महत्व बढी हुनसक्थ्यो। केही मिडियामा अन्र्तवार्ता र भ्रमण बर्षको समाचार छापिदैमा यहाँ पर्यटक ओइरिने कुनै ग्यारेन्टी छैन् ।

पर्यटन विकासको आधार प्रचार प्रसार पनि एक हो तर त्यो मात्रै प्रयाप्त होइन् । हामीले अहिले पर्यटकलाई गर्दै आएको व्यवहार, पर्यटकीय क्षेत्रमा भएको पूर्वाधारहरुतर्फ पनि सोच्न जरुरी छ । अर्कोतर्फ जिल्ला प्रवेश गर्ने द्धारलाई कम्तीमा स्वच्छ र चिटिक्क पार्न सक्नुपर्छ । जिल्ला प्रवेश गर्दा कालिपुलमा देखिने खुला ढल, खोलानालामा फालिएका फोहोर, धुलाम्मे र हिलाम्मे सडकले म्याग्दी भ्रमणको लागि भित्रने पर्यटकहरुमा कस्तो सन्देश देला ? कालिपुलमा निर्माणधिन म्याग्दी प्रवेशद्धार समेत बर्षौदेखि अल्पत्र छ । मानिसको सभ्यता भान्साकोठा र शौचालयले चित्रण गरेझै म्याग्दीको मुहारलाई प्रवेशद्धारबाटै जाँचिदैन र ? प्रवेशद्धारको अस्तव्यस्तालाई समाधान गर्न किन स्थानीय सरकार अघि सरेको छैन् ? बास्तवमा पर्यटनको प्रचार प्रसारको मुख्य माध्ययम भनेको भम्रण गरि जाने पर्यटकले लैजाने सन्देश हो । म्याग्दी पर्यटकीय सम्भावनायुक्त क्षेत्र भएकोमा दुविधा भएन् ।

अहिले पनि यहाँ बर्षेनी हजारौँ पर्यटक भित्रिरहेका छन् । आन्तरिक पर्यटकहरुको फलो पनि बढ्ने क्रममा छ । अझ यो बर्ष ‘म्याग्दी भ्रमण बर्ष ’ घोषणा गरिएकाले त्यो संख्या बढ्ला । तर घोषणा गर्दैमा यहाँ पर्यटक बढ्ने कुनै आधार भने छैन् । पछिल्लो समय सुरु भएको ‘गन्तव्य मुस्ताङ’ यात्राले पनि म्याग्दीमा अत्यधिक मात्रामा पर्यटक भित्रिरहेका छन् । तर एक रात बेनीमा बास बस्ने पर्यटकहरुलाई पनि हामीले यहाँ एक दिन भुलाउन सक्ने सामथ्र्य राख्न सकेका छैनौँ । बेनी आसपासकै पर्यटकीय गन्तव्यहरुमा पर्यटक लैजान नसकिरहेको सन्दर्भमा ‘म्याग्दी भ्रमण बर्ष’लाई कसरी सार्थकता दिन सकिएला ? भर्जिन पर्यटकीय गन्तव्यहरुमा पर्यटक पुग्नेक्रम बढ्न थालेपनि  ती क्षेत्रहरुमा खान र बस्नको चरम अभाब छ । सदरमुकाम आसपासकै पर्यटकीय क्षेत्रहरुमा पनि यो समस्या छ ।

त्यसैले कम्तीमा भ्रमणमा आउने पर्यटकहरुलाई खान र बस्नको लागि त्यस्ता पर्यटकीय ठाउँहरुमा होटल एवम होमस्टे तर्फ लगानी भित्र्यानु प्रमुख दायित्व हो । संघले यहाँका पर्यटकीय क्षेत्रहरुमा होटल सञ्चालनको लागि लगानी भित्र्याउन तर्फ ध्यान दिन जरुरी छ । अर्कोतर्फ हामीले यहाँ आउने पर्यटकहरुलाई गर्ने व्यवहार परिवर्तन जरुरी छ । त्यसैले पर्यटकहरुको लागि पूर्वाधार, पर्यटकमैत्री वातावरण तयार नगरिकन घोषणा गरिएको म्याग्दी भ्रमण बर्षको औचित्यता कस्तो रहला त्यसको लागि मुल अभियान्ता म्याग्दी उद्योग बाणिज्य संघको लागि यो बर्ष परिक्षणकै घडि हुनेछ । जे होस निजी क्षेत्रले जिल्लाको पर्यटन विकासमा एउटा पाईला चालेको छ । यो अभियान म्याग्दी उद्योग बाणिज्य संघको मात्रै होइन् । यसलाई सफल बनाउनु आम म्याग्देलीसंगै स्थानीय तहका सरकारकारको समेत दायित्व हुन आउँछ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l