ठाडखानीमा रहेको विद्यालय समस्यामा, बालबालिका टहरामा पढ्न बाध्य (फोटो फिचर)

  • २४ कार्तिक २०७४, शुक्रबार
  • कमल खत्री
  • 3256 पटक पढिएको

म्याग्दी, २४ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालीका–६ ठाडाखानीमा रहेको मालीका आधारभुत विद्यालय आर्थिक र भौती संकटमा परेको छ । निजी स्रोतका शिक्षकहरुको तलब सुविधा जुटाउन नसकेर संकटमा परेका विद्यालयका बालबालिकाहरु प्रयाप्त भवन नहुँदा अस्थायी टहरामा बसेर अध्ययन गर्न बाध्य भएका हुन् । प्रावि तहको ३ जनाको दरबन्दि रहेको विद्यालयमा ४ जना निजि स्रोतका शिक्षक कार्यरत रहेका छन् । कक्षा ८ सम्म पठनपाठन हुने यस विद्यालयमा ८० जना बालबालिका अध्ययनरत रहेका छन् ।

दुर्गम बस्ती भएकाले विद्यालय सेवा क्षेत्रका अधिकाँश अभिभावकको आर्थिक अबस्था कमजोर रहेको र विद्यालयले ४ जना शिक्षकको नियमित रुपमा तलब भत्ता जुटाउनुपर्दा आर्थिक समस्या भएको प्रधानध्यापक खिममायाँ छन्तयालले बताईन् ।
‘‘ चन्दा संकलन र देउसी भैलोबाट विद्यालय चलाएका छाँै, आर्थिक अभाबले भौतिक पूर्वाधार समेत निर्माण हुन सकेको छैन्, ’’–प्रअ छन्त्यालले भनीन् । २०७२ सालमा गएको भूकम्पबाट पूर्ण रुपमा प्रभावित भएको यस विद्यालयमा अहिले पनि बालबालिकाहरु अस्थायी टहरामा बसेर अध्ययन गर्न बाध्य छन् । विभिन्न संघ संस्था तथा सहयोगदाताबाट आर्थिक संकलन गरि निर्माण गरिएको टिनको अस्थायी टहरामा बसेर अध्ययन गर्नुपर्दा विद्यार्थीहरुलाई कष्टकर भएको छ । पानी पर्दा हिलो हुने, घाम लाग्दा पोल्ने, कापी किताब भिज्ने, चिसो हुने, होहल्ला बढी हुने समस्या रहेको कक्षा ८ मा अध्ययनतर छात्रा पुनम छन्तयाल बताउँछीन् । पुर्वाधार अभावका कारण विद्यार्थीको सिकाई र पढाईमा असर परेको छ ।

जिल्ला शिक्षा कार्यालयको १९ लाख ५० हजार अनुदान र स्थानीय बासीन्दाको ५ लाख बराबरको श्रमदानमा तीन कोठे तथा अमेरीकाको ग्लोबल न्युट्रेशन एण्ड ईमपावरमेन्ट संस्थाको १२ सहयोग र समुदायको एक लाख बराबरको श्रमदानमा अर्को दुई कोठे भवन निर्माण भएपछि विद्यालयलाई केही राहत मिलेको छ । पाँच वटा कक्षाका विद्यार्थीहरुलाई नयाँ भवनमा राखेर अध्यापन गर्न थालिएपनि अझै तीन वटा कक्षाका विद्यार्थीहरुलाई टिनको तहरामै राखेर अध्यापन गराउने गरिएको प्रअ छन्त्यालले बताउनुभयो । अहिले पनि कक्षाकोठा भवन निर्माणधिन अबस्थामा रहेपनि विद्यालयको कार्यालय, पुस्तकालय, ल्याब लगायतको प्रयोजनको लागि पूर्वाधार अभाब हुने विद्यालयका शिक्षक उमेश पौडेलले बताए । साना बालबालिकाहरुलाई घण्डौ हिँडेर अध्ययन गर्नुपर्ने बाध्यतालाई हटाउन २०६९ सालदेखि विद्यालयमा ६ देखि ८ सम्मको थप पठनपाठन सुरु गरिएको थियो । तर समुदायले चालेको पहलमा सरोकारवाला निकाय र सरकारी तवरवाट सहयोग नहुँदा विद्यालय संकटमा परेको हो । भवन अभाबकै कारण विद्यालयमा अहिलेसम्म पुस्तकालय छैन् । पुस्तकालय र कम्युटर ल्याब नहुँदा विद्यार्थीहरुले खोजी गरि अध्ययन गर्ने अबसरबाट बन्चितीमा परेका छन् । यसैबिच केन्द्रिय विद्युतको पहँुच नपुगेको कारण यस विद्यालयमा शिक्षण शिकाईमा आधुनिक प्रविधिको प्रयोग गर्नबाट बञ्चित भएको छ । स्थानीय स्तरमा लघुजलविद्यूत आयोजनाबाट रातमा मात्रै विजुली बत्ति बाल्नको लागि प्रयोग गरिने र केन्द्रिय विद्यूतको पहुँच नपुगेकाले विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन गर्ने तयारी गरिएपनि समस्या देखिएको हो ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l