विशेष

जन्मदिनको खर्च कटाएर खत्रीलाई सहयोग

म्याग्दी, ७ भदौ । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिएर आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने चलन बढिरहेको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको बीचमा एक पत्रकारले आफ्ना जन्मदिनको खर्च आर्थिक अभावकै कारण विद्यालय जानबाट बन्चित भएकी एक बालिकालाई सहयोग गरेका छन् ।... पुरा पढ्नुहोस

म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत गर्न साँसद थापाद्धारा सरकारको ध्यानकर्षण (भिडियो सहित)

म्याग्दी, ७ भदौ । म्याग्दीलाई हिमाली जिल्ला कायम गर्न चौतर्फि पहल भएको छ । संसारको सातौ अग्लो धौलागिरी हिमाल (८,१६७ मिटर) सहित दर्जनौ हिमशृङ्खला भएको म्याग्दीलाई हिमाली जिल्लाको रुपमा कायम गराउन पहल थालिएको हो । संघिय संसदको विहिवार बसेको संसद बैठकमा बिशेष समय लिएर बोल्दै म्याग्दीका सांसद भुपेन्द्र बहादुर थापाले... पुरा पढ्नुहोस

वैदेशीक राेजगारीमा जान लागेका म्याग्देली काठमाण्डाैमा यसरी ठगीए

  काठमाडौं –‘हामीलाई नक्कली भिसा र नक्कली टिकट देखाएर ठगियो । फोन गरेर म्यानपावरवालालाई बोलाइदिनुस् न सर !’ वैदेशिक रोजगार विभागका निर्देशक उद्धवप्रसाद रिजालको कार्यकक्षमा एकसाथ छिरेका ९ जनामध्ये एक युवकले आग्रह गरे । उनीहरूसँगै विभागको अनुसन्धान तथा उजुरी शाखाका अधिकृत रञ्जनप्रसाद तिमल्सिना पनि फाइल बोकेर उपस्थित थिए । तिमल्सिनाले... पुरा पढ्नुहोस

विद्यालय जाने अबस्था नभएपछि बालिकाले चिठी पठाउँदै भनीन ‘सर मलाई रेस्टिगेट गरिदिनु’

म्याग्दी, ६ भदौ । म्याग्दीको बेनी नगरपालिका–६ फोओटेकी एक बालिकाले गरिबीको कारण पढ्न जाने अबस्था नभएपछि आफुलाई रेस्टिगेट गरिदिन अनुरोध गर्दै विद्यालयलाई मर्मस्पर्शी चिठी पठाएकी छिन् । अर्थुङ्गे स्थित जामुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा पुजा खत्रीले विद्यालयमा नियमित रुपमा उपस्थित भएर अध्ययन गर्न घरपरिवारको आर्थिक अबस्थाले नभ्याएको... पुरा पढ्नुहोस

पाँच बर्ष वित्दा पनी अल्पत्र बन्यो बास्कुना सिचाई पोखरी (फोटो फिचर)

बेनी,६ भदौ । बेनी नगरपालिका–४ बास्कुनामा सिचाँई पोखरी निर्माण सुरु भएको ५ बर्षसम्म पनि पूर्णता पाँउन सकेको छैन् । सुन्तला गाउँको रुपमा परिचित बास्कुनाका कृषकहरुलाई सहज सिचाई सुविधा पु¥याउनको लागि विगत ५ बर्षदेखि निर्माण सुरु भएको पोखरीले बजेट अभाबमा पूर्णता पाउन नसकेको हो । तत्कालिन सिंगा गाविसको साढे ५ लाख... पुरा पढ्नुहोस

गुर्जामा असोज २० मा एकिकृत घुम्ती शिविर हुने

म्याग्दी, ५ भदौ । म्याग्दीको विकट धौलागिरि गाउँपालिका १ गुर्जामा एकिकृत घुम्ती शिविरको आयोजना गरिने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा वसेको सरोकारवालाहरुको वैठकले जिल्लाकै दुर्गम गुर्जामा आगमी असोज २० र २१ गते एकिकृत घुम्ती शिविरको आयोजना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।  भौगोलिक... पुरा पढ्नुहोस

मृगौला पिडित सुरेशको उपचारमा सहयोग जुटाउन अभियान सुरु

बेनी ५ भदौ । दुवै मृगौलाले कामगर्न नसकेर थलिएका म्याग्दीका एक युवाको उपचारमा सहयोग जुटाउन अभियान सुरु भएको छ । ओमकुमारी शान्तिकोषले मंगला गाउँपालिका ५ नेटाका १९ वर्षिय सुरेश छन्त्यालको उपचारमा आर्थिक सहयोग जुटाउन अभियान सुरु गरेको हो । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सुरु गरिएको... पुरा पढ्नुहोस

कक्षा १२ मा धौलागिरि प्रथम बनेकी जैसीलाई प्रकाश माविकाे सम्मान (फाेटाे फिचर)

म्याग्दी, ५ भदौ । बेनी स्थित प्रकाश माध्यमिक विद्यालयबाट कक्षा १२ को परिक्षामा सामेल भएर साविक धौलागिरि अञ्चलमै उत्कृष्ट बन्न सफल भएकी छात्रा छलीकुमारी जैसीलाई विद्यालयले सम्मान गरेको छ । राष्ट्रिय परिक्षा बोर्डबाट शैक्षिक सत्र २०७५ सालमा लिईएको परिक्षामा विज्ञान संकायकी छात्रा जैसीले ३ दशमलब ५७ जिपिए ल्याएर उत्तिर्ण भएकी... पुरा पढ्नुहोस

गाउँ पस्नै सकेन स्वास्थ्य बिमा

म्याग्दी, ५ भदौ । नेपालको संविधान–२०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । सोही हकलाई प्रत्याभूत गराउने हेतुले सरकारले २०७३ सालदेखि शुरु गरेको स्वास्थ्य बिमा म्याग्दी जिल्लाको ग्रामीण भेकतर्फ भने पुग्नै सकेको छैन । २०७३ पुस महिनादेखि म्याग्दी जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिए पनि उक्त... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक एक हप्तापछि सञ्चालन

म्याग्दी ५ भदौ । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमालीपर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक एक हप्तापछि सोमबार साँझदेखि सञ्चालनमा आएको छ । कालीगण्डकीमा आएको बाढीले सडक कटान र पहिरो खसेपछि गतहप्ताको सोमबारदेखि अवरुद्ध बनेको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजना, आयोजनामा परिचालन भएका निर्माण कम्पनी, अन्नपूर्ण गाउँपालिका र सुरक्षा निकायको सक्रियतामा... पुरा पढ्नुहोस