विशेष

छिस्वाङमा गाँजा फडानी

बेनी ९ चैत । मंगला गाउँपालिका ५ छिस्वाङमा शनिबार गाँजा फडानी गरिएको छ । लागू औषध चरेसको कच्चा पदार्थको रुपमा प्रयोग हुने गाँजाका बिरुवा फडानी गरिएको हो । वडा अध्यक्ष भुपेन्द्रबहादुर खत्री क्षेत्रीको नेतृत्वमा बाबियाचौर प्रहरी चौकी, छिस्वाङको आमा समूह, युवा क्लवका प्रतिनिधिहरुमा गाँजाका बिरुवा नष्ट गरिएको थियो । बारिमा... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकामा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न सिफारिस

  म्याग्दी ९ चैत । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले राष्ट्रिय गौरवका पूर्वाधार आयोजना सञ्चालन गर्न संघीय सरकारलाई सिफारिस गरेको छ ।गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा शुक्रबार गाउँपालिकाको मुना स्थित कार्यालयमा बसेको कार्यपालिका बैठकले संघीय सरकारको आग्रह अनुसार सडक तथा यातायात, विद्युत, भवन योजना सञ्चालनका... पुरा पढ्नुहोस

सिंगामा सिँचाई आयोजना निर्माण सुरु

बेनी ८ चैत । व्यवसायिक खेतीको विकासका लागि बेनी नगरपालिकाको एउटै वडामा पाँच वटा सिँचाई आयोजना निर्माण सुरु भएको छ । कृषकको खेतबारीमा सिँचाई सुबिधा विस्तारका लागि बेनी नगरपालिका–४ सिंगामा लिफ्ट र पोखरी प्रबिधिका पाँच वटा सिँचाई आयोजना निर्माण सुरु भएको हो । खाद्यबाली, तरकारी र फलफुल उत्पादन वृद्धी गर्न... पुरा पढ्नुहोस

शिखका युवा युवतीलाई कुक तालिम

सेते तिलिजा पुन शिख ८ चैत । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने म्याग्दीको पर्यटकीय गाउँ शिखका युवा युवतीहरुका लागि आयोजित कुक तालिम सुरु भएको छ । नेपाल सरकारको आर्थिक सहयोगमा प्राबिधिक तथा व्यवसायिक सिप तालिम केन्द्र (सिटिइभिटी)को अन्तरगत धौलागिरि प्राबिधिक शिक्षालय मुस्ताङको आयोजनामा सुरु भएको तालिममा १० जना युवा... पुरा पढ्नुहोस

आफन्तको स्मृतिमा बाटो निर्माण

सेते तिलीजा शिख ८ चैत । अन्नपूर्ण गाउँपालिका ५ शिखमा एक परिवारले दिवंगत अभिभावकको स्मृतिमा स्वास्थ्य चौकी सम्म पूग्ने बाटो निर्माण सुरु गरेका छन् । शिख देउरालीको मुल सडक देखि स्वास्थ्य चौकी सम्म पुग्ने पक्कि सडक निर्माण गर्न लागेका हुन् । शिखको स्वाँतका स्वर्गीय भनदेव तिलीजाको स्मृतिमा बेलायतमा बसोबास गर्दै... पुरा पढ्नुहोस

अर्मनमा सडक विस्तार सुरु

सिजन रोका बाबियाचौर ७ चैत । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर देखि बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति सुरु भएको छ । संघीय सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत बाबियाचौर देखि ताराखोला जोड्ने सडक अन्तरगत मंगला ५ मा पर्ने पोक, नेता, अर्मन, किमचौर हुदै देउराली खण्डमा स्तरोन्नति गर्न लागिएको छ... पुरा पढ्नुहोस

मौवाफाँट र काउलेगौँडा जोड्ने अग्लो झोलुङ्गे पुल निर्माण, घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता हट्यो (भिडियो सहित)

कमल खत्री बेनी, ७ चैत ।  म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट र बेनी नगरपालिका–९ काउलेगौँडा जोड्ने गरि रघुगंगा नदीमा अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । दुबै तर्फको थाकानको डिलमाथि निर्माण गरिएको १२१ मिटर लामो झोलुङ्गे यस पुल यस क्षेत्रकै अग्लो पुल भएको बताइएको छ । https://www.youtube.com/watch?v=mrlY3l8tHUs सस्पेन्सन ब्रिज डिभिजन ललितपुर... पुरा पढ्नुहोस

बेनीमा निःशुल्क योग शिविर हुदै

म्याग्दी, ७ चैत । म्याग्दी सदरमुकाम बेनीमा निशुल्क योग शिविर हुने भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा यहि चैत १३ गतेदेखि १५ गतेसम्म बृहत निःशुल्क योग शिविर आयोजना गरिएको मन्त्रालयबाट शिविरको समन्वयको लागि आउनुभएका डाक्टर कमलराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार, बेनी स्थित खुलामञ्चमा हुने... पुरा पढ्नुहोस

हावाहुरीले विद्यालय भवनको छानो उडायो

सन्तोष गौतम बेनी ७ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङ स्थित राम्चे आधारभूत विद्यालयको भवनको छानो हावाहुरीले उडाएको छ । कक्षा ५ सम्म पढाइ हुने विद्यालयको कार्यालय, एक वटा कक्षा कोठा र शौचालयको छानो बुधबार रातीको हावाहुरीले उडाएको हो । हावाहुरीले जस्ता पाताले छाएको छानो उडाउदाँ प्रशानिक कामकाज प्रभावित... पुरा पढ्नुहोस

घारमा वडा कार्यालय निर्माण

बेनी ७ चैत । अन्नपूर्ण गाउँपालिका–६ घारमा वडा कार्यालय भवन निर्माण भएको छ । तत्कालीन शान्ति तथा पूनःनिर्माण मन्त्रालयले जिल्ला प्राबिधिक कार्यालय मार्फत आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको भवन मन्त्रालय खारेज भएपछि बजेट अभावमा अलपत्र बनेको थियो । गाउँपालिकाबाट बजेट व्यवस्थापन गरेर भवन निर्माण कार्यलाई पूर्णता दिइएको वडा अध्यक्ष... पुरा पढ्नुहोस