विशेष

लाली गुराँसले रंगिएका, लकडाउनले एक्लिएका जंगल (फाेटाे कथा)

म्याग्दी १२ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको जंगलमा रंगिएको लाली गुराँस । बेनी–मौवाफाँट–दग्नाम–दर्मिजा हुँदे चिमखोला जाने सडक छेउका जंगलमा लाली गुराँसका बोट रंङ्गिविरङ्गी फूलहरुले रङ्गिएका छन् । राताम्मे लाली गुराँसका बोट र पृष्ठभुमिमा देखिने धौलागिरि हिमालको दृष्य निकै मनमोहक देखिन्छ ।  विगतका बर्षहरुमा लाली गुराँस संग मितेरी गास्न आन्तरिक... पुरा पढ्नुहोस

म्याग्दीमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी १२ जेठ । म्याग्दीमा बुधवार थप १५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज पुष्टि भएकामा बेनि नगरपालिकामा ९४ जना , मालिका गाँउपालिकामा १ जना, अन्नपुर्ण गाँउपालिकामा ४ जना , मंगला गाँउपालिकामा ४ जना, धौलागिरी गाँउपालिकामा ३ जना , रघुगंगा गाँउपालिकामा ७ जना र जलजला गाउँपालिकाका ८ जना... पुरा पढ्नुहोस

काठमाडौमा रहेका धौलागिरीबासीले पठाए स्वास्थ्य सुरक्षा सामग्री

बेनी, ११ जेठ । काठमाडौमा रहेका धवलागिरीका बासिन्दाहरुले गृहजिल्लामा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि करिब रु. पाँच लाख मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री पठाएका छन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि अग्रपंतीमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारीहरुका लागि चन्दा संकलन गरेर सामग्री खरिद गरि पठाएका... पुरा पढ्नुहोस

म्याग्दी रुन्माका निर प्रसाद घर फर्कने पर्खाइमै कतारमा अस्ताए

तिलु शर्मा पौडेल दोहा कतार १० जेठ । दैनिक मजदुरी गरेर आफ्नो परिवार पाल्ने सपना बोकेर खाडी राष्ट्र कतार आएका म्याग्दीकाे मालिका गाउँपालिका –५ रुन्माका निर प्रसाद कामीको निधन भएको छ । घर जाने परिवार र बाल बच्चा सङ बिदा मनाएर फेरी कतार फर्कने उनको सपना सदाको लागि अन्त्य भएको... पुरा पढ्नुहोस

बजारमा कौसी खेती,गाउँगाउँमा आग्र्यानिक पद्यति

धु्रबसागर शर्मा म्याग्दी ७ जेठ । महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण जिल्लामा भएको निषेधाज्ञाले म्याग्दीका कृषकहरुलाई नयाँ पाठ सिकाएको छ । बजारमा बसोबास गर्दै आएका मानिसहरु पनि घरको छत र सानो करेसाबारीमा तरकारी फलाउने कर्ममा समय विताउँदै छन् भने ग्रामिण क्षेत्रका कृषकहरुले आग्र्यानिक कृषिको... पुरा पढ्नुहोस

बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना

म्याग्दी ७ जेठ । म्याग्दीको बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना खुवाउन थालिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण होटलहरु बन्द भएको कारण कुरुवाहरुलाई खाना खानका लागि आइपरेको समस्या हल गर्न योङ्ग कम्युनिष्ट लिग, नेपाल र अनेरास्ववियु (क्रान्तिकारीले) शुक्रवारदेखि निःशुल्क खाना खुवाउन सुरु... पुरा पढ्नुहोस

बगरफाँटका स्थानीय युवाहरुद्धारा हेल्थ डेस्क संचालन

धु्रबसागर शर्मा म्याग्दी ७ जेठ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका स्थानीय युवाहरुको पहलमा कोरोना संक्रमितहरुको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ हेस्क स्थापना गरिएको छ । बगरफाँटको कोटखोलास्थित खोप केन्द्रको भवनमा जेठ १ गतेदेखि स्थापना गरिएको हेल्थ डेस्कबाट गाउँमा कोरोना संक्रमित भै उपचाररत १९... पुरा पढ्नुहोस

म्याग्दीमा थप ९० जनामा कोरोना संक्रम‌ण पुष्टि,११० जना संक्रमित निको भए

म्याग्दी ६ जेठ।   म्याग्दीमा  विहिवार ( आज )थप ९० जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा २७ जना , मालिका गाँउपालिकामा ७ जना , रघुगंगा गाँउपालिकामा ४ जना, अन्नपूर्ण गाँउपालिकामा ७ जना र जलजलामा ४ जना गरी ४८ जना (पिसिआर बिधिबाट) पहिचान भएकाे स्वनस्थ्य कार्यालय म्याग्दीका... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु

पोखरा ५ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । पर्वत, नवलपरासी पूर्व, स्याङ्जा, कास्की, गोरखा, तनहुँ, रुपन्देही र पाल्पामा गरी ३० जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पर्वतको कुश्मा नगरपालिका–६ का ६० वर्षीय पुरुषको जेठ ३ गते पर्वत जिल्ला... पुरा पढ्नुहोस

गाउँपालिकाका कर्मचारी भण्डारीद्धारा कोरोना रोकथाम र उपचारमा रु ५० हजार सहयोग

म्याग्दी ५ जेठ ।म्याग्दीको रघुगंगा गाउँपालिका –२ राखु भगवतिका पदम भण्डारीले कोरोना नियन्त्रण, रोकथाम र विरामीको उपचारमा नगद रु ५० हजार सहयोग गर्नुभएको छ । गाउँपालिकाको प्रशासन शाखा प्रमुख (अधिकृत छैटौँ) मा कार्यरत रहनुभएका भण्डारीले उक्त सहयोग प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी र लेखा अधिकृत खगराज सुवेदीलाई हस्तान्तरण गर्नुभएको थियो... पुरा पढ्नुहोस