विशेष

माेना बेल्जियमको अध्यक्षमा रकेन्द्र घिमिरे चयन

धु्रबसागर शर्मा म्याग्दी ४ कार्तिक । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमको सातौं अधिवेशनबाट रकेन्द्र घिमिरे (राजु) अध्यक्षमा निर्वाचित हुनुभएको छ । बुधवार बेल्जियम स्थित यति हाउसमा भएको अधिवेशनले २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको निवर्तमान अध्यक्षमा योगेन्द्र विक,वरिष्ठ उपाध्यक्षमा प्रदिप थापा,उपाध्यक्षमा कृष्ण सुनार,हरि शाही र... पुरा पढ्नुहोस

बाढी र पहिरोका कारण मुस्ताङ भ्रमणमा निस्कीएका पर्यटकहरुलाई सास्ती

बेनी, ३ कात्तिक । दशैँको अवसरमा हिमालपारिको जिल्ला मुस्ताङको भ्रमणमा आएका पर्यटकहरुले सास्ती व्यहोरेका छन् । चार दिनसम्म परेको अविरल बर्षाको कारण बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–३ को राहुघाटको पहिरो, अन्नपूर्ण गाउँपालिका–३ को काभ्रेभिर पहिरो र मुस्ताङको मार्फा खोलामा आएको बाढीको कारण घण्टौसम्म सडक अवरुद्ध हुँदा पर्यटक, यात्रु... पुरा पढ्नुहोस

उत्पादनमुलक क्षेत्रमा मोनाको लगानी हुनुपर्छ : ​सांसद थापा

कार्तिक, २ असोज । प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले विदेशमा आर्जन गरेको सिप र सम्पतिलाई जिल्लामा रोजागारी सिर्जना गर्ने उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको उद्घाटन गर्दै सांसद थापाले यस्तो आग्रह गरेका हुन् । जिसस सभाहलमा सुरु भएको... पुरा पढ्नुहोस

मोनाको चौथो महाधिवेशन बेनीमा सुरू (फोटोफिचर )

  कार्तिक, २ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशन मंगलबारदेखि बेनीमा सुरू भएको छ । दुईदिनसम्म संचालन हुने महाअधिवेशन सुरू हुनुभन्दा अघि बेनी बजारमामा झाँकि र वाजागाजा सहित र्‍याली निकालिएको थियो । विभिन्न देशमा ब्यावसाय, रोजगारी, शिक्षाको क्रममा विश्वभर छरिएर रहेका म्याग्देलिहरूको साझा संस्था... पुरा पढ्नुहोस

मोनाको चौथो महाधिवेशनको तयारी पुरा

म्याग्दी, १ कात्तिक । कात्तिक २ र ३ गते बेनीमा हुने म्याग्दी प्रवासी नेपाल संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको तयारी पुरा भएको छ। मोनाले सोमबार बेनीस्थित रहेको मुख्य कार्यालयमा पत्रकार सम्मेलन गरी भोली देखि सुरु हुने सम्मेलनको तयारी पुरा भएको जानकारी दिएको हो । कोभिड विरुद्ध जनस्वास्थ्य मापदण्डहरुलाई... पुरा पढ्नुहोस

बेनीकोतमा पूर्वाधार निर्माण

बेनी, ३१ असोज । सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका-८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीणर् भइसकेको थियो । बेनी नगरपालिकाले जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक कोतघरलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न व्यवस्थापन र... पुरा पढ्नुहोस

पित्तलको छानोमा गलेश्वर मन्दिर

  म्याग्दी ३० असोज । प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा पित्तलको छाना राखिएको छ । बेनी नगरपालिका-९ स्थित गलेश्वर शिवालय मन्दिरमा गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरको छानालाई पित्तलले छाएपछि आकर्षक देखिएको छ । कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ ।... पुरा पढ्नुहोस

आज विजयादशमी- विहान १०ः०२ बजे टीकाको उत्तम साईत

  काठमाडौं २९ असाेज । नेपालीहरूको महान् चाड बडादसैंको दसौं अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण... पुरा पढ्नुहोस

मौवाफाँट भगवतीदेवी कोतमन्दीरमा यस्तो रह्यो नवमी पुजा ( फोटो फिचर)

म्याग्दी २८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको भगवतीदेवी कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बिशेष पुजा गरिएको छ । नवमीमा सरकारी राँगो मार हान्न (काट्न) रु ७५ हजारको बोलकबोल भएको थियो । बुधवार साँझ कालरात्रीमा भएको बढीबढाउमा मौवाफाँटका सुवास भण्डारीले सर्वाधिक रु ७५ हजार रकम कबोल गरेर सरकारी... पुरा पढ्नुहोस

भगवती कोतमा ‘सरकारी राँगो’ को मार हानेपछिको सम्मान (फोटोफिचर)

म्याग्दी, २८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीले भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी डिलका युवा आर्यन खड्काले सफल पुर्वक मार हानेका हुन् । हालसम्मकै बढी मूल्यको बोलकबोलमा कोतमन्दिरमा... पुरा पढ्नुहोस