विशेष
डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता
- 3 बर्ष, 10 महिना अगाडि
- २३ पुष २०७८, शुक्रबार
म्याग्दी, २३ पुस । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता गरिएको छ । मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन बनाउने ठेक्का भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)ले पाएको हो । आयोजना प्रमुख रोशन अग्रवालले... पुरा पढ्नुहोस
नेकपा एमाले म्याग्दीको नवौं अधिवेशन बेनीमा सुरु (तस्विरमा)
- 3 बर्ष, 10 महिना अगाडि
- २३ पुष २०७८, शुक्रबार
म्याग्दी, २३ पुस । नेकपा एमाले म्याग्दीको नवौँ अधिवेशन सुरु भएको छ । जिसस सभाहलमा हुने अधिवेशन पुर्व बाजागाजासहित प्रतिनिधि र कार्यकताहरुले बेनी बजारमा ¥याली गरेका छन् । नयाँ नेतृत्व चयनका लागि हुने अधिवेशनमा ५१० जना प्रतिनिधि सहभागि भएका छन् । अधिवेशनबाट ५ पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी चयन गर्ने... पुरा पढ्नुहोस
एमाले म्याग्दीको नवौँ अधिवेशनबाट ९० सदस्यीय जिल्ला कमिटी बन्ने
- 3 बर्ष, 10 महिना अगाडि
- २२ पुष २०७८, बिहीबार
म्याग्दी २२ पुस । नेकपा (एमाले) म्याग्दीको नवौं अधिवेशनको तयारी पुरा भएको छ। पुस २३ र २४ गते सदरमुकाम बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा हुने अधिवेशनको तयारी पुरा भएको र सहभागि हुने प्रतिनिधि टुंगिएको विहिबार पत्रकार सम्मेलन गरी सचिवालयले जानकारी दिएको छ । एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले... पुरा पढ्नुहोस
म्याग्दीमा सुन्तला उत्पादन बढ्यो
- 3 बर्ष, 10 महिना अगाडि
- २२ पुष २०७८, बिहीबार
म्याग्दी २२ पुस । म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । गत वर्षको तुलनामा चार दशमलव ५३ प्रतिशतले सुन्तला उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले गत वर्षको तुलनामा १०० मेट्रिक टन सुन्तला बढी फलेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उत्पादन भएको ८० प्रतिशत... पुरा पढ्नुहोस
महतलाको भिरमा सड्को ट्याक निर्माण, एक सय मिटर सडक खन्न दुई वर्ष लाग्यो
- 3 बर्ष, 10 महिना अगाडि
- २२ पुष २०७८, बिहीबार
म्याग्दी, २२ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा करिब एक सय मिटर दूरीको सडकको बनाउन दुई वर्ष लागेको छ । धवलागिरिको वडा नं १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडकअन्तर्गत पर्ने महतला भिरमा दुई वर्षको प्रयासपछि बल्ल सडक बनाएको... पुरा पढ्नुहोस
न्यू धौलागिरि सहकारीको २२ औं साधारण सभा
- 3 बर्ष, 10 महिना अगाडि
- २१ पुष २०७८, बुधबार
म्याग्दी, २१ पुस । सदरमुकाम बेनीसंगै स्थानीय तहमा सेवा केन्द्र विस्तार गरेर सेवा प्रवाह गरीरहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको २२ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार बेनी नगरपालिका– ४ सिंगा तातोपानीस्थित श्रेष्ठ होटल हटस्पिरिङ्ग होटलको सभाहलमा गरिएको साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार उदय... पुरा पढ्नुहोस
पत्रकार आचारसंहिता सम्वन्धी अन्तरक्रिया सम्पन्न
- 3 बर्ष, 10 महिना अगाडि
- २१ पुष २०७८, बुधबार
म्याग्दी, २१ पुस । प्रेस काउन्सिल नेपालको आयोजनामा पत्रकार आचारसंहिता जागरण कार्यक्तम सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वयमा बेनीमा पत्रकार र प्रेस काउन्सिलविच अन्तरक्रिया भएको हो । प्रेस काउिन्सल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राज्यको कुनै पनि निकायमा दर्ता विना मिडिया संचालन गर्न नपाउने बताउदै... पुरा पढ्नुहोस
म्याग्दीमा एमाले जिल्ला अधिवेशनको तयारी तिब्र
- 3 बर्ष, 10 महिना अगाडि
- २० पुष २०७८, मंगलवार
म्याग्दी २० पुस । नेकपा (एमाले) म्याग्दीको नवौँ जिल्ला अधिवेशनको तयारी तिब्र पारिएको छ । पुस २३ र २४ गते सदरमुकाम बेनीमा हुने अधिवेशनका लागि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोटको काम सकिएको छ । प्रतिनिधि छनोटसँगै चुनावको सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि जिल्ला स्तरका नेता आन्तरिक तयारीमा जुटिरहेका... पुरा पढ्नुहोस
बहराइनमा नै ज्यान गुमाएका पाईजा परिवारलाई मोनाको रु ५० हजार सहयोग
- 3 बर्ष, 10 महिना अगाडि
- २० पुष २०७८, मंगलवार
म्याग्दी २० पुस । रोजगारको शिलसिलामा बहराईनमा ज्यान गुमाएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका हिराबहादुर पाईजाको परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले रु ५० हजार आर्थिक सहयोग गरेको छ । प्रवासी भूमिमा नै ज्यान गुमाएका पाईजाको परिवारको राहतका लागि मोनाले स्थापना गरेको आपतकालिन राहतकोषबाट उक्त सहयोग गरिएको हो । मंगलवार बेनीमा मोनाका... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक स्तरोन्नती गरिँदै (तस्बिर)
- 3 बर्ष, 10 महिना अगाडि
- २० पुष २०७८, मंगलवार
बेनी, २० पुस । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ तातोपानी क्षेत्रमा सडक स्तरोन्नती गरिँदै । यस सडकखण्डमा म्याग्दी खण्डको काममा ढिलासुस्ती भएको छ । उत्तर दक्षिण जोड्ने कालिगण्डकी कोरीडोर सडक आयोजना अन्तर्गत मुस्ताङको कोरला सम्मकोे सडकलाई स्तरोन्नती गर्ने काम भैरहेको छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस