नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल म्याग्दी आउने
- २७ चैत्र २०७८, आईतवार
- 1191 पटक पढिएको
बेनी, २७ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल म्याग्दी आउने हुनुभएको छ। यही चैत २९ गते मंगलबार एकीकृत समाजवादी म्याग्दीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहको चुनाव लक्षित प्रशिक्षण दिन नेता नेपाल बेनी आउने कार्यक्रम तय भएको पार्टीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो । सदरमुकाम बेनीस्थित जिल्ला समन्वय समितिकाको सभाहलमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम हुने छ।
अध्यक्ष नेपालले २८ गते सोमबार पर्वत, २९ गते म्याग्दी र ३० गते बागलुङमा पार्टीका नेता तथा कार्यकतासंग भेटघाट तथा प्रशिक्षण कार्यक्रम गर्नुहुनेछ । नेकपा एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजबादी) पाटी गठन भएपछि आगामी बैशाख ३० गते हुने निर्वाचनलाइ लक्षित गर्दै जिल्लास्तरको प्रशिक्षण कार्यक्रमलाई पुर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले प्राथमिकता दिनुभएकाे छ।