विशेष

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे

म्याग्दी १९ असोज ।   दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास... पुरा पढ्नुहोस

भगवती कोतमा ‘सरकारी राँगो’ को मार हानेपछिको सम्मान (तस्विरमा )

  म्याग्दी, १८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्नेलाई पुजा समिति, आफन्तजनले र राखुबासीले भब्य सम्मान गरेका छन् । राखु भगवती वाख्लेका युवा सचिन केसीले बढीबढाउबाट तीन लाख १५ हजार रुपैयाँ बोलकवोलमा सरकारी राँगोे मार हानेका थिए । हालसम्मकै बढी मूल्यको... पुरा पढ्नुहोस

नवौँ राष्ट्रिय खेलकुद : म्याग्दीमा खेलमैदान तयार

म्याग्दी १८ असोज। म्याग्दीमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ । यही असोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ ।   जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यासस्थलको... पुरा पढ्नुहोस

भगवती काेत मन्दीरमा राँगोको मार हान्न तीन लाख १५ हजार रुपैयाँको बोलकबोल !

बेनी , १८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख रुपैयाँको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बढीबढाउमा सहभागी भगवतीको वख्नेका सचिन केसीले... पुरा पढ्नुहोस

राडीपाखी बुन्न युवापुस्ताको छैन चासो

बागलुङ १७ असोज ।  “आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको रौँबाट हामीहरुले राडीपाखी बुन्ने गर्थ्यौँ, अहिले भेडा पाल्नेको सङ्ख्या घटेपछि रौँ पनि पाउन छोड्यो, राडीपाखी बुन्ने मान्छे पनि कम हुँदै गए ।”बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगरलाई उमेरले बुढ्यौली... पुरा पढ्नुहोस

तामाखानीको उत्खनन् नहुँदा स्थानीयबासी निरास

कमल खत्री बेनी, १७ असोज । धवलागिरि गाउँपालिका –५ मल्कबाङका स्थानीय लालबहादुर छन्त्यालको घरमा वि.स. १९०४ मिती उल्लेख भएर बनाइएका तामाका भाँडाकुडा छन् । उहाँका जिजुबाजेहरुले गाउँकै तामाखानीबाट उत्खनन गरेको तामाबाट उक्त सामानहरु बनेका थिए । छन्त्यालको घरमा उक्त मिती उल्लेख भएका ६ माने पाथी , गाग्री लगायतका तामाका सामाग्री... पुरा पढ्नुहोस

पाँच दलिय गठबन्धनको चियापान, निर्वाचनमा गठबन्धनलाई प्रभावकारी बनाउने प्रतिबद्धता

https://www.youtube.com/watch?v=qks-QXC0bWc बेनी, १६ असोज : आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेका पाच दलिय गठबन्धनले बेनीमा बिजया दशमी तथा दिपावली र नेपाल संवत लगायतका नेपाली चाडपर्वहरुको अवसरमा चियापान गरेका छन् । प्रदेश सभा ख अन्तरगत नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी र राष्ट्रिय... पुरा पढ्नुहोस

तामाखानीले घेरिएको गाउँ

ढोरपाटन, १६ असोज : निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने नर्जाखानी गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म... पुरा पढ्नुहोस

बेनी–भकिम्ली सडक चार महिनापछि सञ्चालन

म्याग्दी १५ असाेज । गत जेठ अन्तिम सातादेखि पहिराका कारण अवरुद्ध बनेको बेनी–भकिम्ली सडक चार महिनापछि पूर्णरुपमा सञ्चालनमा आएको छ । म्याग्दीको बेनीनगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण अवरुद्ध बेनी–भकिम्ली सडक चार महिनापछि शुक्रबारदेखि सञ्चालनमा आएको हो । यसअघि सामान्य मर्मत गरिए पनि सडक नियमित सञ्चालनमा आउन सकेको... पुरा पढ्नुहोस

दसैँसंग जोडिएको पिङको संस्कृति जोगाउँदै युवा पुस्ता

कमल खत्री बेनी, १५ असोज । मंगला गाउँपालिका–५ अर्मनको टिकाबाङ स्थित साहारा युथ क्लबका युवाहरुले दिन लगाएर लिङ्गे पिङ तयार गरेका छन् । नेपालीहरुको महान चार्ड विजया दशमीको अवसरमा परम्परागत रुपमा मनोरञ्जनका लागि पिङ खेलेर रमाईलो गर्ने प्रचलन रहेको छ । परम्परागत रुपमा दसैँ तिहारको अवसरमा गाउँमा ‘लिङ्गे पिङ’ बनाउने... पुरा पढ्नुहोस