गलेश्वधाम आमा समुहको १२औं बार्षिक साधरण सभा सम्पन्न

  • १६ पुष २०७९, शनिबार
  • 443 पटक पढिएको

गलेश्वर १ ६ पुस । गलेश्वरधाम आमा समुहको १२औं बार्षिक साधरण सभा सम्मन्न भएको छ। म्याग्दीको बेनी नगरपालिका–९मा रहेको गलेश्वरधाम बहुउद्देश्यीय हलको परिसरमा समुहको १२औं बार्षिक साधरण सभा शुक्रबार सम्पन्न भएको हो । प्रमुख अतिथि  गण्डकी प्रदेश सदस्य बिमला गौचनले साधरण सभाको उद्घाटन गर्नु भएको थियो ।

साधरण सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभा सदस्य गौचनले म्याग्दीले विकास र परिवर्तन चाहेकाले त्यसलाई पुरा गर्न आफनो तर्फवाट अधिकतम प्रयास गर्न वाचा गर्नुभएको छ । राज्यस्तरमा महिलाको पर्याप्त प्रतिनिधित्व नभएको बताउदै प्राप्त हक अधिकारको उपयोग गर्न थप अघिकारका लागि महिलाहरु एकतावद्ध भएर अघि बढनु पर्ने बताउनु भयो ।  गरीब, निमुखा बालबालिका, दलित महिला ब  र जेष्ठनागरिक बृद्ध बृद्धाहरुका लागि विशेष प्राथमिकता दिएर काम गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा ससस्त्र प्रहरी गुल्म गलेश्वरका डिएसपी प्रदिप थापाले सभ्य समाजको निर्माणमा गलेश्वरधाम आमा समुहको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘समाजमा हुने बिकृती बिसंगती र दुरव्यसनीलाई कसरी सकरात्मक बाटो तिर लैजान सकिन्छ, ससस्त्र प्रहरी संगठन सधै सहकार्य र हातेमाले गर्न प्रतिबद्ध छौ’ ।

प्रहरी चौकी गलेश्वरका इन्चार्ज बिक्रम तिवारीले आफ्नो क्षेत्रको विकास आफैले गर्नु पर्छ भन्ने यहाँको नमुना आमा समुह भएको बताउनु भयो । उहाँले भन्नु भयो ‘प्रहरीबाट याहाँहरुको अपेक्षा र सोचेको कामहरुको मूल्याङ्कन गर्दै गलेश्वर प्रहरी चौकी सधै सकरात्मक रहने छ’ । लैङगिक हिंसा नियन्त्रण तथा लागु औषध दुरव्यसनी न्युनीकरण गर्नको लागि महिलाको पनी अहम भुमि रहने र समाजमा व्यापक जनचेतना कार्यक्रम गर्नु पर्ने बताउनु भयो ।

समुहकी अध्यक्ष फुलकुमारी रोकाले समाजका महिलाहरु अझै पनि चुलोचौकोमै सिमित रहेको भन्दै  हरेक क्षेत्रमा उत्साहजन सहभागीताका लागि महिलाहरुलाई घरायसी कामबाट बाहिर निस्कन सुझाव दिनुभयो । समुहकी सह–सचिव नविना केसीले संस्थाको समृद्धको लागि आफुहरु तनमन लगाएर निरन्तर खटेर काम गरेको स्मरण गर्दै आफ्नो कार्यकालमा संस्थाको विकासकोलागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

गलेश्वरधमा आमा समुले आयजन गरेको आर्थिक वर्ष २०७९ देउसी भैलो कार्यक्रममा सहभागी भई उत्कृष्ट नृत्य प्रस्तुत गर्नुहुने समुहकी ८जना दिदी बहिनीहरुलाई हार्दिक अभार प्रकत गर्दै समुहको तर्फबाट मायाँको चिनोले सम्मान सम्मान गरिएको थियो  । सम्मानित हुनेमा आशिका पुर्जा, मनिता पुन, जविना सुवेदी, विन्दु कार्काी पुर्जा, सम्झना विक, रोण केपी पुन, विना छन्त्याल र हमायाँ गर्बुजा रहनुभएको छ । त्यस्तै समुहका सकृय सदस्यहरु बन्दना श्रेष्ठ, नौकुमरी पाईजा र कुमरी पुन सम्मानित हुनु भएको थियो ।

समुहकी अध्यक्ष  रोकाको अध्यक्षता उपाध्यक्ष बिन्दु कार्कीको स्वागत र सचिव निशा जिसीले सञ्चालन गर्नुभएकाे कार्यक्रममा समहकी अध्यक्ष रोकाले बार्षिक प्रगती प्रतिवेदन तथा भाविकार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष मनु पुनले समुहको ३ लाख ९०४९ रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।