विशेष

होटल व्यवसायी महासंघको सचिबमा म्याग्दीका आचार्य र केन्द्रिय सदस्यमा बरुवाल चयन

म्याग्दी, २० पुस । होटल व्यवसायी महासंघ नेपालको केन्द्रिय सचिबमा म्याग्दीका ताराप्रसाद आचार्य(बाबुराम) निर्वाचित हुनुभएको छ । चितवनको सौराहमा बुधवार सम्पन्न महासंघको दशौँ साधारणसभा तथा चौथो अधिवेशनबाट सचिवमा आचार्य र केन्द्रिय सदस्यमा म्याग्दीकै सागर बरुवाल सर्वसम्मत चयन हुनुभएको छ । केन्द्रिय सचिबमा निर्वाचित हुनुभएका आचार्य होटल व्यवसायि संघ म्याग्दीको अध्यक्ष... पुरा पढ्नुहोस

 चर्चित कलाकार ‘महजोडी’ बेनीमा 

म्याग्दी २० पुस । महजोडीको नामले चर्चित कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्य म्याग्दी सदरमुकाम बेनीमा आउनुहुने भएको छ । यहि पुस २१ गते बेनीमा आयोजना हुन लागेको विमा सचेतना कार्यक्रममा हाँस्यकलाकारद्धय श्रेष्ठ र आचार्य बेनीमा आउन लाग्नुभएको हो । नेपाल विमा प्राधिकरणले सञ्चालन गरेको बिमा सम्बन्धी सचेतना अभियान अन्तरगत... पुरा पढ्नुहोस

एसइईमा उत्कृष्ट अंक ल्याउने १३ विद्यार्थीले पाए छात्रवृत्ति

पर्वत २० पुस ।   कुश्मा नगरपालिकाले नगरभित्रका १३ विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप झन्डै चार लाख वितरण गरेको छ । आर्थिक वर्ष ०७९/८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो ।      नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार ०७८... पुरा पढ्नुहोस

न्यू धौलागिरिको इकाईगत साधारणसभा शुरु

म्याग्दी २० पुस । बेनीमा मुख्य कार्यालय रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले मंगलबारदेखि इकाईगत २३ औ साधारणसभा शुरु गरेको छ । मुख्य कार्यालय इकाईको बेनीमा भएको साधारणसभाको गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले उद्घाटन गर्नुभयो । साधारणसभा उद्घाटन गर्नुहुदै प्रदेशसभा सदस्य गौचनले उत्पादनमुलक क्षेत्रमा लगानी बढाएर स्वरोजगार... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ सञ्चालन (तस्बिर/भिडिओ)

कमल खत्री बेनी, २० पुस : म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि ¥याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले बेनी नगरपालिका–९ गलेश्वरधामदेखि सदरमुकाम बेनीको दोभान हुँदै मालढुंगा–नयाँ पुल भएर मिर्मि पुग्न सकिने गरि ¥याफ्टिङ सञ्चालन गरिएको हो । https://www.youtube.com/watch?v=3cYjxCh3ZOE  ... पुरा पढ्नुहोस

वडा अध्यक्ष केसीद्वारा जन्मदिनमा जेष्ठ नागरिकलाई लठ्ठी उपहार

बेनी, १९ पुष । बेनी नगरपालिका–९ घतानका वडा अध्यक्ष चक्र केसीले मंगलबार आफ्नो जन्मदिनको अवसरमा जेष्ठ नागरिकलाई लठ्ठी वितरण गर्नुभएको छ । जन्मदिनको अवसर पारेर केसीले बेनी नगरपालिका ९ का ५० जना जेष्ठ नागरिकहरुलाई लठ्ठी वितरण गर्नुभएको हो । कतिपय ठाउँमा आफै पुगेर र केही ठाउँमा अरु मार्फत जेष्ठ नागरिकहरुलाई... पुरा पढ्नुहोस

बेनी नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रकाश माविलाई उपाधि (फोटो फिचर)

म्याग्दी, १९ पुस । बेनी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ । मंगलवार बेनीमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण,५ रजत र ९ कास्य पदक सहित प्रकाश माविले उपाधि जितेको हो । विभिन्न २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा छात्र र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स र... पुरा पढ्नुहोस

निसीखोला गाउँपालिका अध्यक्ष घर्तीलाई ३ वर्ष कैद फैसला

१९ पुस, गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले ३ वर्ष छ महिना कैदसहित ५० हजार जरिवाना... पुरा पढ्नुहोस

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा ६ स्वर्ण सहित प्रकाश माविको अग्रता

बेनी, १८ पुष । बेनी नगरपालिले आयोजना गरेको अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा सोमबार सम्म भएका खेलहरुमा ६ स्वर्ण पदक सहित प्रकाश माविले अग्रता लिएको छ । प्रतियोगिताको सोमबारसम्म कराते, तेक्वान्दो, उसु, सटफुट र दौडका २६ वटा खेलको फाइनल भएको छ । प्रकाश माविले ६ वटा... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसको ३२ औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाईयो

बेनी, १८ पुस । म्याग्दी बहुमुखी क्याम्पसले ३२ औँ वार्षिकोत्सव तथा २१ औँ क्याम्पस सभा विविध कार्यक्रम गरी मनाईएको छ । आईतबार क्याम्पसमा भएको ३२ औँ बार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजा (खम्वीर) ले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले म्याग्दीको शैक्षिक विकास र उन्नतीमा... पुरा पढ्नुहोस