विशेष
निःशुल्क आँखा जाँच शिबिरबाट पाँच सय बढी लाभान्वित
- 2 बर्ष, 9 महिना अगाडि
- २५ फाल्गुन २०७९, बिहीबार
बेनी, २५ फागुन : म्याग्दीको मंगला गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा जाँच शिविरबाट पाँच सय बढी लाभान्वित बनेका छन् । मंगलवार र बुधवार गरि दुई दिनसम्म मंगला गाउँपालिका–१ कुहँु र ३ नम्बर वडा बरंजामा सञ्चालन गरिएको शिविरबाट पाँच सय पाँच जनाको आँखा परिक्षण गरिएको हो । मंगला गाउँपालिकाको सहयोगमा नेपाल नेत्र... पुरा पढ्नुहोस
राष्ट्रपति निर्वाचन आज, दुई पूर्वसभामुख प्रतिस्पर्धामा
- 2 बर्ष, 9 महिना अगाडि
- २५ फाल्गुन २०७९, बिहीबार
काठमाडौँ, २५ फागुन । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया चल्ने निर्वाचन आयोगले जनाएको छ ।संघिय संसद् अन्त्रगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । ‘बिहान १० बजे देखी मतदान सुरु... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा तीन वटा खानेपानी आयोजना सुरु
- 2 बर्ष, 9 महिना अगाडि
- २५ फाल्गुन २०७९, बिहीबार
म्याग्दी २५ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रू एक करोड ४० लाखको लागतमा तीन वटा खानेपानी आयोजना निर्माण सुरु भएको छ । गोर्खा वेल्फेयर ट्रस्ट र उपभोक्ताको लागत साझेदारीमा निर्माण हुने आयोजनाबाट एक सय दुई घरका पाँच सय ११ जनसङ्ख्या लाभान्वित हुनेछन् । कूल रु एक करोड ४० लाख १४... पुरा पढ्नुहोस
घनले ढुंगा फुटाउँदै महिला मजदुर (तस्बिर)
- 2 बर्ष, 9 महिना अगाडि
- २४ फाल्गुन २०७९, बुधबार
बेनी, २४ फागुन । म्याग्दी सदरमुकाम बेनीमा घनले ढुंगा फुटाउँदै महिला मजदुर । महिला मजदुरले पुरुषले सरह कडा परिश्रम गर्दा समेत ज्यालामा भने असमानता रहेको छ । महिला र पुरुषलाई लैँगिक आधारमा ज्यालामा विभेद हुँदा महिला मजदुरहरुले आफ्नो श्रम अनुसारको ज्याला नपाउने विद्यमान समस्या छ । तस्बिरः कमल खत्री –... पुरा पढ्नुहोस
अन्नपूर्णमा नेकपा (माओवादी केन्द्र)को ‘जनतासंग पार्टी अभियान’ सुरु
- 2 बर्ष, 9 महिना अगाडि
- २४ फाल्गुन २०७९, बुधबार
म्याग्दी २४ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले ‘जनतासंग पार्टी अभियान’ सुरु गरेको छ । बुधवार पोखरेबगरमा बसेको पालिका कमिटीको बैठकले पार्टीले संगठन सुदृढीकरण तथा जनताको गुनासा र अपेक्षा संकलनका लागि गाउँपालिकाका ८ वटै वडामा ‘जनतासंग पार्टी अभियान’लाई प्रभाबकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकाको सबै... पुरा पढ्नुहोस
‘पालिकाको आयस्रोत बढाउन स्थानीय स्रोत साधनको प्रयोग र उत्खनन् गर्नुपर्छ’
- 2 बर्ष, 9 महिना अगाडि
- २४ फाल्गुन २०७९, बुधबार
म्याग्दी, २४ फागुन । पोखरा महानगरपालिकाका सल्लाहकार समितिका संयोजक एवम् अर्थ विद आनन्दराज मुल्मीले म्याग्दीका पालिकाले स्थानीय स्रोत साधन अधिकत्तम रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ। संघिय सरकारको भरमा संचालन रहेका पालिकाले स्थानीय स्रोतसाधन अधिकत्तम प्रयोग र उत्खनन् गर्न सकेमा आम्दानीका स्रोतहरु बढ्ने बताउनुभयो । पर्यटन ब्यवसायी महिला संघ... पुरा पढ्नुहोस
बेनी नगरपालिकाले ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनायो
- 2 बर्ष, 9 महिना अगाडि
- २४ फाल्गुन २०७९, बुधबार
म्याग्दी, २४ फागुन । बेनी नगरपालको ११ औं अन्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाएको छ । बेनी नगरपालिकाले बुधबार जिसस सभाहलमा ‘लैङ्गिक समानताका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पुहँच विस्तार’ भन्ने मूल राष्ट्रिय नाराका साथ गरिएको कार्यक्रमको उद्घाटन नगरप्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो । दिवसको अवसरमा... पुरा पढ्नुहोस
कृषि ज्ञान केन्द्र म्याग्दीद्वारा कृषकलाई रु डेढ करोड अनुदान
- 2 बर्ष, 9 महिना अगाडि
- २४ फाल्गुन २०७९, बुधबार
म्याग्दी २४ फागुन । कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७९/८० मा रु डेढ करोडभन्दा बढी अनुदान वितरण गर्न फार्म, समूह र सहकारी छनोट गरेको छ । रु एक करोड ५१ लाख बजेट विनियोजन भएको १० वटा अनुदानका कार्यक्रममा छनोट भएका कृषि फार्म, सहकारी र समूहसँग सम्झौता थालिएको केन्द्रले... पुरा पढ्नुहोस
मुस्ताङमा हिमपात भएपछि स्थानीय हर्षित
- 2 बर्ष, 9 महिना अगाडि
- २४ फाल्गुन २०७९, बुधबार
मुस्ताङ, २४ फागुन । मुस्ताङमा यो बर्षको पहिलो हिमपात भएको छ । गयरातीदेखि सुरु भएको सामान्य बर्षापछि बढेको चिसोको कारण हिमपात हुन सुरु गरेको हो । यस बर्षको मुख्य हिमपात हुने पुस र माघ महिनामा हिउँ नै नपरिकन बितेपनि फागुनमा भएको हिमपातले स्थानीय उत्साहित बनेका छन् । हिमपात भएसँगै, स्थानीयबासी... पुरा पढ्नुहोस
योजना तर्जुमा प्रकृयामा द्धन्द्धपीडितको सवाल बिषयमा अन्तरक्रिया
- 2 बर्ष, 9 महिना अगाडि
- २३ फाल्गुन २०७९, मंगलवार
म्याग्दी, २३ फागुन । म्याग्दी सदरमुकाम बेनीमा स्थानीय तहको योजना तर्जुमा प्रकृयामा द्धन्द्धपीडितको सवालको बिषयमा मंगलवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । द्धन्द्धपीडित अधिकार मञ्च, म्याग्दीको आयोजनमा भएको कार्यक्रममा सहभागीहरुले तत्कालिन शसस्त्र युद्धको समयमा पीडित बनेकाहरुको लागि स्थानीय सरकारहरुले आफ्ना योजना तर्जुमा गर्दा विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।... पुरा पढ्नुहोस