पाखापानीमा घाँस काट्न गएकी महिलालाई बाढीले बगाउँदा मृत्यु
- २२ जेष्ठ २०८०, सोमबार
- 463 पटक पढिएको
बेनी, २२ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका –६ पाखापानीमा एक महिलालाई बाढीले बगाउँदा मृत्यु भएको छ। सोमबार दिउँसो जंगलमा घाँस काट्न गएकी कालावाङकी २४ बर्षीय हरिमाया शेरपुञ्जाको खोल्सामा आएको बाढीले बगाएर मृत्यु भएको वडाअध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो ।
नाङ्गे जंगलस्थित खोल्सामा घास काट्ने क्रममा भिषण बर्षापछि माथिबाट आए बाढीले उनलाई बगाएको थियो। उन्को शव भेटिएको वडाअध्यक्ष शेरपुञ्जाले जानकारी दिनुभयो । घाँस काट्न गएकी सोही ठाउँकी ३० बर्षिय दानदेवी पाईजा घाईते भएकोले थप उपचारका लागि प्रहरी र स्थानीयको सहयोगमा बेनी अस्पतालमा उपचारका लागि लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुमार गुरुङले जानकारी दिनुभएको छ। घटनाको अनुसन्धान र थप विवरणका लागि प्रहरी निरिक्षक कुमार गुरुङको टोली घटनास्थल पुगेको छ।
त्यस्तै, वर्षाको पानीले रघुगंगा गाउँपालिका –८ कुइनेमंगलेका दिलमान छन्त्यालको घर भत्केर पूर्णरुपमा क्षति पुगेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।