विशेष

पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध

  म्याग्दी,२४ साउन । म्याग्दीमा मुख्य सडक अवरुद्ध भएका छन् । गए रातिदेखिको अविरल बर्सातका कारण सदरमुकाम बेनीदेखि छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीका ग्रामीण क्षेत्र जोड्ने सडकमा यातायात प्रभावित भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले रघुगङ्गा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–२ नौनीबगरको पहिरोले बेनी–जोमसोम सडक... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवको आम्दानी खर्च सार्वजनिक

  बेनी, २४ साउन । म्याग्दी उद्योग वाणिज्य संघले सातौं म्याग्दी महोत्सवको आयब्यय सार्वजनिक गरेको छ । संघको आयोजनामा गत बर्ष पुष २० गतेदेखि माघ ७ गतेसम्म सदरमुकाम बेनीमा संचालन भएको सातौं म्याग्दी महोत्सवको आयब्यय सार्वजनिक गरेको हो । १० दिनसम्म संचालन भएको महोत्सवबाट ८६ लाख ९८ हजार ५४ रुपैयाँ... पुरा पढ्नुहोस

शिक्षा विधेयक प्रति निजी विद्यालय सञ्चालकहरू असन्तुष्ट : विद्यालय बन्द गर्ने चेतावनी

  धु्रवसागर शर्मा / म्याग्दी २४ साउन । मन्त्रिपरिषदबाट पारित भई सदनमा छलफलका लागि पेश गर्ने तयारीमा रहेको विद्यालय शिक्षा सम्वन्धि कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८० प्रति निजी विद्यालय संचालकहरुले असन्तुष्टी जनाएका छन् । देशै भरीका निजी विद्यालय संचालकहरुको छाता संस्था प्याब्सन, हिसान तथा नेशनल प्याब्सनले आज... पुरा पढ्नुहोस

मालिका गाउँपालिकाको गत आवको प्रगति प्रतिवेदन सार्वजनिक

दरवाङ, २२ साउन । म्याग्दीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।  गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । गत वर्ष रु. ५८ करोड १८ लाख ४४ हजार ६७७ बिनियोजन भएकोमा रु. ४१... पुरा पढ्नुहोस

राहुघाट–तातोपानी सडकखण्डमा रातमा यातायात आवागमन बन्द गरिने

बेनी, २३ साउन । बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरी लगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरूद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो । सोमबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सर्वपक्षिय समन्वय बैठकले ठाउँठाउँमा पहिरोको कारण... पुरा पढ्नुहोस

विद्यार्थीलाई सामाजिक विविधता बुझाउन जातीय पहिरनमा पढाइ

धु्रवसागर शर्मा म्याग्दी २२ साउन । सोमबार बिहान दश नबज्दै दरवाङस्थित केवि एकेडेमी विद्यालयको वातावरण अघिपछिको भन्दा बेग्लै थियो । विद्यार्थीहरु आ आफ्नो जातीय पोशाकमा सजिएर विद्यालय आउँदै थिए । विद्यालयले सामाजिक विविधता बुझाउनको लागि विद्यार्थीलाई जातीय परम्परागत पहिरनमा विद्यालयमा बोलाएको थियो । विद्यालयले कक्षा ७ का विद्यार्थीहरुलाई सामाजिक अध्ययन... पुरा पढ्नुहोस

बैसरीको पहिरोले बेनी–जोमसोमको सिधा यातायात सेवा प्रभावित

  म्याग्दी, २२ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा दैनिकजसो खस्ने पहिरोले बेनी–जोमसोम सडकको यातायात सेवा प्रभावित भएको छ । सडक माथिबाट खस्ने पहिरो निरन्तर खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुने गरेको हो । सडक अवरुद्ध हुँदा म्याग्दीको... पुरा पढ्नुहोस

नेपाल मगर संघ म्याग्दीद्धारा अधिवक्ता भगवती पाण्डेलाई कारबाहीको माग

म्याग्दी २२ साउन । नेपाल मगर संघ म्याग्दीले अधिवक्ता भगवती पाण्डेले आदिवासी समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले सार्वजनिक व्याख्या गरेको भन्दै कारबाहीको माग गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र पठाउँदै संघले आनुवांशिक रुपमा नै तामाङ, मगर लगथायतका आदिवासी समुदायलाई अपराधिकरण गर्ने र मान्छेलाई जनावरसंग तुलना... पुरा पढ्नुहोस

नेपाल केन्पो काई संघ म्याग्दीको तदर्थ समिति गठन

  म्याग्दी, २२ साउन । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सोमबार सम्पन्न भएको एक भेलाले नेपाल केन्पो काई संघ म्याग्दीको तदर्थ समिति गठन गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश के.सी.को अध्यक्षतामा भएको भेलाबाट नविन पौडेलको अध्यक्षतामा ९ सदस्यीय नेपाल केन्पो काई संघ म्याग्दी तदर्थ समिति गठन गरेको... पुरा पढ्नुहोस

नागोयाको संयोजकमा सागर थापा चयन

  जापान, २२ साउन । म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय कार्यसमिति नागोयाको तेस्रो अधिवेशनबाट संयोजकममा सागर थापा बगाले चयन हुनुभएको छ । आईतबार सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमितिको उपसंयोजकमा हेमन्त राना, भरत केसी, महिला उपसंयोजकमा मुना पूर्जा कार्की, सचिवमा सागर भण्डारी, सहसचिवमा प्रकाश हमाल, कोषाध्यक्षमा जीवन घर्ती, सहकोषाध्यक्षमा तेजिन... पुरा पढ्नुहोस